नेपाली सामाजले वर्षभरीमा धेरै चाड पर्वहरु मनाउने चलन छ । हिन्दुहरुको महान चाड बडा दशै दिपावली जस्तै अन्य धर्मावलम्बी र समुदायका गरी वर्षभरीमा धेरै चाडपर्वहरु पर्ने गर्दछन् । कुनै चाडपर्व राष्ट्रिय रुपमै मनाइन्छ भने कुनै स्थानीय र समुदाय स्तरमा मनाउने गरिन्छ । हरेक चाडपर्वको अ–आप्mनै किसिमको मैलिकता र परमपरम बोकेको हुन्छ । तर पछिल्लो समयमा चाडपर्वलाई चडकिलो र भड्किलो बनाउने परिपाटीले समान्य परिवारले धान्न नै नसकिने अवस्था सृजना अुन थालेको छ ।
हरितालिका तीज वर्त बसेर सामान्य तरिकाले मनाउने गरिन्थ्यो भने केही वर्ष यता एक महिना अघिदेखि दर खाने चलन सुरु भएको छ । त्यस्तै गरी दशै र तिहार पनि धेरै खर्चिलो र भडकिलो हुने गरेको छ । यी चाडपर्वहरुमा धनी र गरिवबीचको खाडल देखा पर्ने गरेको छ । सामाजमा देखिने यस्तो विभेदले इश्र्या, द्वेष, वैमनस्यता पैता गर्दछ र सामाज विखण्डनको बाटोमा उन्मुख हुन जान्छ । यस्ता चाडपर्वलाई सुव्यवस्थित गर्ने र समाजमा समानता, एकरुपता ल्याउने जिम्मवारी कस्को हो अहिलेसम्म यकिन हुन सकि राखेको छैन । केही निकायहरुले आप्mनो काम चाडपर्वको बेलामा अनुगमन गर्ने मात्र गर्ने हो भनेर ढुक्क देखिन्छन् ।
केही निकायहरु नियन्त्रण र निगरानी गर्नमै व्यस्त देखिन्छन् । चाडपर्व वर्षभरीमा धेरै हुने भए पनि दशै र तिहारमा मात्र यस्ता निकायहरुले आप्mनो सकियता बढाएको देखिन्छ । हरेक वर्ग र समुदायको सामाजिक र आर्थिक अवस्थाको अवलोकन गरेर कसरी सामाजमा एकरुपता ल्याउने र चाडपर्वहरु सबैले मनाउन सक्ने वातावरण मिलाउने तर्फ कसैको ध्यान जान सकि राखेको छैन । यसरी जनजीविकाको बारेमा कसैको ध्यान जान नसक्दा चाडपर्वको वेलामा निमुखा जनता बडी प्रताडित हुने गरेका छन् । सर्वसाधारण भन्दा हुने खानेले सधै भरी करोडौको जुवा खेल्छन् तर उनीहरु पक्राउ पर्दैनन् ।
गाउँको सर्वसाधारण महिलाले तिजको मैलिकतालाई जोगाइ राखेका छन् तर शहरिया महिलाहरुले तिजको नाममा विकृति भित्र्याइ राखेका छन् उनीहरुलाई कुनै रोकटोक हँुदैन । बजार अनुगमनको नाममा केही पसलहरुमा छापा हान्ने अनुगमन गर्ने गरिन्छ । अनुगमन गर्ने निकायका व्यक्तिहरु नै म्यद नागेको खाने कुरा खाएर फर्किन्छन् । हुने खानेको नाममा समाजमा विभद पैदा गर्ने, आप्mनो सम्पन्नताको प्रदर्शन गर्ने गरिन्छ तर उनीहरुलाई कुनै रोकटोक छैन । कानुनी राज्यमा यस्ता मनपरितन्त्र हुँदैन भनिन्छ तर हाम्रो मुलुकमा छुट छ । सरोकारवाला निकायहरु जनतालाई सुविधा प्रदान गर्न सक्रिय हुनु पर्नेमा देखाउनका लागि सक्रिय देखिने गरेका छन् हाम्रो बिडम्बना यही हो ।