ghar sansar

ट्राफिक प्रहरीको सचेतना

janjyoti campus

जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताहको आयोजना गरेको छ । सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताहको शुभारम्भ गरेको ट्राफिक कार्यालयले सात दिन सम्म बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु सवारी चालक, अटो चालकहरुलाई प्रशिक्षण दिईने, सडकमा ट्राफिक सचेतनासहितका बोर्डहरु राख्ने, क्रस गर्ने बाटोमा जेब्रा क्रसिङ लाईन बनाउने लगायतका कार्यक्रम गरेर मनाईदै छ । यस्ता औपचारिक कार्यक्रमहरु विगतमा पनि नगरिएका होइनन् । औपचारिक कार्यक्रमहरुबाट थोरै पनि प्रभाव नपर्ने होइन तर हाम्रो परिवेस यस्ता कार्यक्रमबाट सिकेर व्यवहारमा लागु गर्ने खालको छैन ।

dirhayu

डर,त्रास, दण्ड जरिवना जस्ता कुराले मात्र हाम्रो परिवेसमा असर पर्ने देखिएकोले यस्ता औपचारिक कार्यक्रम गर्नु भन्दा कानुनी प्रक्रियालाई शसक्त बनाउन उचित हुन्छ । ट्राफिक प्रहरीले प्रभात फेरी गरिरहदा एउटा रातोप्लेटको जीपले यात्रु भरिराखेको देखिन्थ्यो भने एउटा गाडी बीच सडकमा खडा गरिएको देखिन्थ्यो । यस्तो भइरहनुमा चेतनाको अभाव नभएर मनपरितन्त्र प्रभाव हो । मुलुकका हरेक निकाय हरेक व्यक्ति मनपरितन्त्रको उन्मादले मत्ताहात्ती जस्तै छन् । कर्तव्यको पालना गर्नु भन्दा सस्तो लोकप्रियताको पछि लाग्ने र अनैतिक कार्य गरेरै भए पनि छिटो घनकमाउने मनसायबाट सबै क्षेत्र पक्ष, वर्गा, समुदाय अभिप्ररित भएको पाइन्छ ।

western public academy

सिंगो मुलुकवासी धनी बन्ने प्रतिस्प्रधामा लागेकोले हरेक नागरिकले कानुनको पालना गर्नु पर्छ भन्ने कुरो नै विर्सीको पाइन्छ । लुटेरै भए पनि धनी बनेकोलाई समाजले लभ्दप्रतिष्ठितको संज्ञा दिने गरेकाले सबै क्षेत्र, सबै वर्ग सबै समुदाय कसरी धनी बन्न सकिन्छ भन्ने सोचबाट ग्रसित भएको पाइन्छ । कुनै एक वर्ग विशेषको कुरा नभएर सिंगो मुलुकवासीको मनोवृति औल्याउदा यस्तै प्रवृति देखिन्छ । ट्राफिक प्रहरीले मनाउन लागेको सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताहको सन्दर्भमा कुरो गर्दा यस्तो प्रसंग उठाएकोमा ट्राफिक प्रहरीलाई नराम्रो लाग्न सक्छ र लाग्नु पनि स्वभाविक हो तर प्रसंग ट्राफिक प्रहरीको भए पनि यथार्तता सिंगो समाजको हो । नेपाली समाजमा केही वर्षमै दुईवटा मात्र वर्गा रहने देखिएको छ । एउटा धनी र एउटा गरिव वर्ग । धनी र गरिव वर्ग बीचको मध्यम वर्ग हराएर जाने भएको छ । मुलुकमा यी दुई वर्गा मात्र हुने हो भने धनी र गरिवबीच ठूलो खाडल बन्ने छ र समानताको वीगुल फुक्नेहरु कुहीरोको काग बन्ने छन ।

मुलुकलाई मार्गनिर्देशन गर्ने भनेको मुलुकको राजनीतिले हो । जुन मुलुकमा रानीति कर्मी नै भ्रष्टाचारको दल दलमा छन भने त्यो मुलुकको सबै क्षेत्रले त्यही बाटो अबलम्बन गर्नु स्वभाविक हो । सत्ताको शिखरमा पुग्ने भनेकै राजनीति कर्मीहरु हुन र उनीहरुको आचरण शुद्ध नभए सम्म मुलुकमा चेतनाको बढी आए पनि कोही सचेत हुँदैनन् अचेत नै रहन्छन् । ट्राफिक प्रहरीले जनचेतना जगाउन गर्न लागेको कार्यक्रम स्वागत योग्य र स्रहानिय छ । चेतनाको अभावमा गल्ति गर्दा चेतना नभएर गल्तिभो भन्न पाइदैन । उसलाई कारवाही हुन्छ तर पैसाको दवावमा गल्ति गर्नेलाई उन्मुक्ति पाइन्छ यही नै हाम्रो मुलुकको बिडम्बना हो ।

Himal dental
सम्बन्धित
Loading...