
दोधारा चाँदनी नगरपालिका–३ मा रहेको भारतीय सीमासंग जोडिएको बस्ती बडुवाल टोलमा जंगली हात्तीले जनधनको क्षति गर्न थालेको दुई दशक वितिसकेको छ । दुई सातामा मात्रै हात्तीले ७ घर भत्काएको छन् भने धेरै अन्नवालीमा क्षति पु¥याएको छ । जोगबुडा नदी पारीको बडुवाल टोल बस्तीमा तीन सय घरपरिवारको बसोबास गर्दछन् । नेपाल–भारत सीमा क्षेत्रमा भूमिको रक्षाका लागि विसं २०२४ देखि बडुवाल टोलमा बसोबास गर्दै आएका स्थानिय पछिल्लो दुई दशक देखि जंगली हात्तीको त्रासदीले रातभर जाग्राम बस्नुपर्ने बाध्यतामा छन् ।
भारतिय जंगलबाट हात्ती आएर बस्तीमा क्षति गर्न थालेको झण्डै दुई दशक भन्दा बढी समय भईसकेकोले सरकारले हाम्रोपास्ता गरेन भन्ने गुनासो स्थानीयको छ । जंगली हात्ती कतिबेला आउछन् कसैलाई थाहा हुदैन । सरकारले जंगली हात्तीले क्षेती गरेमा क्षेतीपूति दिने र आप्mना जनतालाइै सचेत रहन लगाउने हो । स्थानीयसरकारले जनतालाई जंगली हात्तीलाई भगाउन सकिने सामाग्रीको व्यवस्थापन गर्नु पर्ने हो । तर क्षतीपूतिको दावी गर्न उनीहरुसंग जग्गाधनी प्रमाण पुर्जा नभएकोले क्षतीपूति पाउनबाट पनि बन्चित भएका छन् ।
भारतसंग सीमा जोडिएका ठाउँहरुमा भारतले कुनै पनि निर्माण कार्य गर्न दिइराखेको छैन । त्यसैले तारवारको व्यस्ता गर्न सकिने अवस्था पनि देखिदैन । केही दिन अघि नेपाल भारतका वन क्षेत्रका विज्ञहरुको एक कार्यक्रमा जंगली हात्तीले क्षेती गर्ने गरेको विषयमा चर्चा हुने क्रमा हात्ती लाई करेनट छोडिएको तारले पनि रोक्न नसकिएको र हात्ती भगाउन केही उपायहूको चर्चा भएको थियो । हात्ती भगाउन किसानहरुले आप्mनो खेतबारीमा खुर्सानी खेती गर्नु पर्ने र खुर्सानी खेती गरिएको क्षेत्रमा हात्ती नआउने एक जाना विज्ञले बताएका थिए । त्यसैगरी किसानहरुले धान गहुकोलगाउने ख्ेतमा निवुको खेती गरेमा पनि हात्ती नआउने भनिएको थियो ।
हात्तीलाई निवु र खुर्सानीको वास्ना मन नपर्ने भएकोले निवु र खुर्सानी खेती गरेर आम्दानी पनि गर्न सकिने आप्mनो ज्यानको सुरक्षा नि हुन सक्छ । त्यसै गरी हात्ती भगाउन मैरी पालन गरेर पनि सकिले बताइएको छ । हात्तीले मैरीको गुनजन सुने भग्ने हँुदा मैरी पालन गर्ने र मैरीको घार हल्लिाीने गरि हात्ती आउने बाटोमा कुनै तार फिजाउन सकेमा पनि हात्तीको आतंकबाट मुक्ति पाइने बताइएको थियो । तर हाम्रा वानसंग सरोकार राख्ने विशेषज्ञहरुले हात्तीले जनताको खेतीबारी सखाप पार्दा ज्यनै लिदा समेत यस्ता उपायहरु अबलम्बन गर्न तिर जनतालाई प्रेरित गरेको पाइदैन ।
