ghar sansar

रास्वपाको पैदल यात्रा

little buddha academy
khasi

बेल्डाडी–दैजी सडक चाँडो निर्माण गर्नु पर्ने माग राखी राष्ट्रिय स्वतन्त्र पार्टीले बुधबारदेखि सो हुलाकी सडकमा पैदल यात्रा सुरु गरेको छ । सडक समयमै बन्न नसक्दा स्थानीयले सास्ती खेप्नु परेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले सम्बन्धित पक्षलाई दबाब दिन पैदल यात्रा गरेको हुनु पर्छ । जिल्ला भरीमा यस्ता प्रसस्तै सडकहरु काम सम्पन्न नभएर अधुरै छन । यसरी निर्माण कम्पनीहरु किन समयमै काम सम्पन्न गर्दैनन् र समयमै काम सम्पन्न नगर्ने कम्पनीहरु माथि किन कारवाही हुदैन यो पेचिलो विषय बनेको छ ।

dirghayi clinic

यस्ता ठेकापट्टासंग प्रत्यक्ष राजनीनि जोडिएकोले समयमा कुनै पनि निर्माण कार्य सम्पन्न हुदैनन् । नेपालका राजनीतिक दलहरुमा अधिकांश नेता ठेकेदार नै छन् । अर्को शब्दमा भन्नु पर्दा ठेकेदारको पैसाले दलहरुले राजनीति गरिराखेका छन् । यही कारण समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई कुनै किसिमको दण्ड जरिवना हुदैन । मुलुकमा ठूला साना सबै निमार्ण कम्पनीका मालिकहरु कुनै न कुनै राजनीतिक दलसंग आवद्ध भएकै हुन्छन् । कुन निर्माण कम्पनी कुन राजनीतिक दलसंग आवद्ध छ भन्ने कुरो पनि सबै राजनीतिक दलहरुलाई अवगत नै हुन्छ । फरक यति मात्र हो कि आफु निकटकोलाई जोगाउने र अन्य दलसंग आवद्ध छ भने विरोध गर्ने परमपरा छ ।

,orning glory badhai

राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ भएकोले त्यस दलमा धेरै ठेकेदाहरुको आवद्धता नहुन सक्छ र नयँ दल भएका कारण संगठन विस्तार पनि गर्नु परेको होला त्यसैले पनि पैदल यात्रा सुरु गरेर त्यस भेगका जनतालाई आप्mनो पक्षमा बनाउन सकिन्छ कि भन्ने लालच पनि होला । आन्तरिक उद्देशय जे भए पनि जनताको पक्षमा आवाज उठाउनु राम्रो पक्ष हो । तर पैदल यात्राले चाँडो सडक निर्माण हुन्छ होला भन्न सकिदैन । निर्माण कम्पनीका व्यक्तिहरु ठूला राजनीतिक दलसंग आवद्ध छन् । ठूला राजनीतिक दलहरु कोही सरकारमा छन् केही प्रतिपक्षमा छन् । ती राजनीतिक दलहरुको आड रहिरहे सम्म यस्ता दवाले कुनै पनि अधुरा कामहरु पुरा हुनेमा विश्वस्ता हुन सकिदैन ।

समयमा काम सम्पन्न नगर्ने कम्पनीहरुलाई कालो सूचीमा राख्ने, धरौटी जफत गरेर त्यो काम अर्को कम्पनीलाई दिने, कालो सूचीमा राखिएको कम्पनीलाई कुनै काम नदिने जस्ता दण्ड जरिवनाको व्यवस्था गर्नु पर्ने हो तर आपैmं सरकारमा बसेकाहरु नै निर्माण कम्पनीका मालिक भएपछि के कारवाही हुन्छ र गरिन्छ । जबसम्म लापरवाही गरेर समयमा नै काम सम्पन्न नगर्ने कम्पनीहरुलाई कारवाहरु हुदैन तबसम्म आगामी दिनहरुमा पनि यस्तै परम्पराले निरन्तरता पाउनेछ । राष्ट्रिय स्वतन्त्र पार्टीको पैदल यात्राले सडक छिटो नबने पनि जनता उसको पक्षमा लाग्न सक्छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका लागि यही उपलब्धी हुने छ ।

Himal dental
सम्बन्धित
Loading...