ghar sansar

पश्चिमी सीमा विवादमा चुपचाप बसेर काठमाडौं फर्किए साँसद लेखक

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का साँसद रमेश लेखक आफ्नै निर्वाचन क्षेत्रको सीमा विवादमा मौन बसेर काठमाडौं फर्किएका छन् । साँसद लेखक पश्चिमी सीमा नाकामा भारतले एकतर्फी रुपमा सडक कालोपत्रे गरेको विवाद चर्किएपछि उनी महेन्द्रनगर आएका हुन् ।

महेन्द्रनगर काँग्रेस नेता कार्यकर्तासित भेटघाट, भुजेलामा अन्त्येष्टि घाटको छलफलमा सहभागी लगायतका कार्यक्रममा सहभागी भएर शनिबार साँसद लेखक काठमाडौं फर्किएका छन् । ती सबै कार्यक्रममा सहभागी साँसद लेखकले पश्चिमी सीमामा भारतले एकतर्फी बनाएको सडकबारे मौन बसेका छन् ।

,orning glory badhai

साँसद लेखक महेन्द्रनगर आएपछि पश्चिमी सीमा नाकामा भारतले एकलौटी गरेको सडक कालोपत्रेबारे बोल्ने स्थानीयको अपेक्षा थियो । आफ्नै निर्वाचन क्षेत्रको सीमा विवाद भएकाले साँसद लेखक सीमा क्षेत्रमा पुगेर बोल्ने अपेक्षा गरिएको थियो ।

साँसद लेखक भुजेलामा पुगेर पनि विवादित क्षेत्रमा पुगेनन् । उनी अन्त्येष्टि घाटको छलफलमा सहभागी भएर उनी गड्डाचौकी हुँदै महेन्द्रनगर फर्किएका थिए । भारतले एकलौटी सडक कालोपत्रे गरेको सीमा क्षेत्र उनी फर्किएको बाटोबाट झण्डै ५ मिनेटको दुरीमा छ ।

साँसद लेखकका दलका भीमदत्त नगरपालिका ११ का वडा अध्यक्ष प्रकाश थापा भारतले एकलौटी रुपमा बनाएको सडक कालोपत्रे विरुद्ध उभिएका छन् । केही दिन अघि उनले भारतले एकलौटी सडक कालोपत्रे गरी निन्दनीय कार्य गरेको भन्दै आक्रोश पोखेका थिए ।

dirghayi clinic

काँग्रेसका युवा नेता थापा २०७९ को स्थानीय तह निर्वाचनमा फराकिलो मत अन्तरले वडा अध्यक्ष निर्वाचित भएका थिए । उनी काँग्रेसमा विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका हुन् ।

भारतले यस अघि वडा कार्यालयले नेपाली भूमिमा ग्राभेल गर्दा अवरोध गरेको थियो । अहिले पश्चिमी सीमास्थित सीमा स्तम्भ नं. ८०५ ÷१ (७) को क्षेत्रमा भारतले एकलौटी सडक कालोपत्रे गरेको हो ।

‘गत असारमा पिलरदेखि उत्तरतर्फ नेपाल जाने सडकमा ग्राभेल हाल्दा भारतीय पक्षबाट अवरोध गरियो, आज आएर भारतीय पक्षले एकलौटी रुपमा सडक फराकिला बनाएर कालोपत्रे गरिरहेको छ’ वडा अध्यक्ष थापाले भनेका थिए,‘दशगजामा बलमिच्याई गरी यसरी संरचना बनाउन पाइदैन ।’

साँसद लेखकलाई सधैं सीमा विवादमा मौन बस्ने गरेको आरोप लाग्दै आएको छ । उनको निर्वाचन क्षेत्रमा ब्रह्मदेब, जिमुवा, गड्डाचौकी, दोधारा चाँदनी नगरपालिका क्षेत्रमा सीमा विवाद छ ।

ती सबै विवादमा साँसद लेखक मौन बस्दै आएका छन् । काँग्रेसका एक नेताले साँसद लेखक सधैं सीमा समस्याबारे सधैैं मौन बस्दै आए पनि त्यसको कारण खुल्न नसकेको बताए । ‘वहाँ यस अघि पनि यस्ता समस्या बोल्नु हुँदैन थियो, यस पटक पनि बोल्नु भएन’ ती नेताले भने,‘त्यो किन गर्नु हुन्छ, थाह भएन ।’

२०५६ मा पहिलो पटक साँसद भएका लेखक २०७४ को बाहेक सबै निर्वाचनमा संसदमा पुगेका छन् । पछिल्लो पटक २०७९ को निर्वाचनमा फराकिलो मत अन्तरले निर्वाचित उनी त्यसुपछि २०६५ मा समानुुपातिक र २०६३ का अन्तरिम विधायिका सदस्य भएका थिए ।

काँग्रेस कञ्चनपुरको सदस्य हुँदै जिल्ला सचिव हुँदै पटक पटक मन्त्री भएका उनी हाल काँग्रेस संसदीय दलका प्रमुख सचेतक छन् । उनी काँग्रेसको १४ औं महाधिवेशनबाट काँग्रेस केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

Himal dental
सम्बन्धित
Loading...