भोजराज पन्त
महेन्द्रनगर । बेदकोट नगरपालिका ९मा सुन्दरपुर खेलकुद विकास समितिको आयोजनामा बिहिबारदेखि खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा प्रतियोगिताउद्घाटन गरेका छन् ।
प्रतियोगिता उद्घाटन समारोहका प्रमुख अतिथि मेयर बोहराले भने, ‘खेल राष्ट्रको लागि पनि हो , हाम्रो लागि पनि हो किन भने राम्रो खेल खेल्न सक्यो भने आफ्नो ठाँउ, नगर, देशका लागी खेल्न सकिन्छ र आफ्नो स्वस्थ्यको लागी पनि हो ।’
अहिले देशको राष्ट्रिय तथा अन्तराष्ट्रिय हरेक खेलमा सुदुरपश्मिका खेलाडीको बाहुल्यता छ । नेपालको खेल जगतमा सुदुरपश्चिमको अलग्गै पहिचान बनेको छ ।
हरेक वर्ष नगरले खेलजगतमा २५ लाख भन्दा वढि खर्च गरेपनि उक्त रकम अपुग हुने गरेको छ । युवापुस्ताले खेलजगतमा लाग्यो भने कुलतको प्रवाहबाट समेत बाँचिने छ नगर प्रमुख बोहराले भन ।
कार्यक्रममा बेदकोट ९ का वडा अध्यक्ष जनक बहादुर बिष्टले भने, वडासंग खेल खेलाउन धेरै बजेट छैन, अब खेलाडीहरुले पनि आफु खेल्नका लागि कोष स्थापना गर्नु प¥यो, कोष स्थापनाका लागि वडा कार्यालयले सहयोग गर्न तयार छ ।’
सुन्दरपुर खेलकुद विकास समितिका अध्यक्ष जय सिंह धामीको सभापतित्वमा कार्यक्रम गरिएको छ । कार्यक्रममा मेयर बोहरा प्रमुख र पूर्व नगर प्रमुख अशोक कुमार चन्द विशिष्ठ अतिथि थिए ।
कार्यक्रममा बेदकोट नगरपालिका ९ वडा वडा अध्यक्ष जनक वहादुर विष्ट, वडा नं. १० का वडा अध्यक्ष रतन विष्ट लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, अगुवा, खेलाडी स्थानीय सहभागी भएका छन् ।
प्रतियोगितामा जम्मा १२ टीमले भाग लिएका छन् । आज भएको पहिलो खेलमा आयोजका बि र आयोजक सि विचको खेलमा आयोजक बि ले दुई गोलले अग्रता लिँदै खेल विजेता बनेको सुन्दरपुर खेलकुद विकास समिति सचिब विरेन्द्र बिष्टले बताए ।