ghar sansar

भीमदत्तमा माओवादीभित्र भूकम्प, बोक्सरसंगै स्वतन्त्र हुनेको लर्को

महेन्द्रनगर । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता डा. कृष्णदत्त जोशी बोक्सर पार्टी छाडेर आइतबारदेखि स्वतन्त्र भएका छन् । माओवादी सहित विभिन्न दलका डेढ सय बढी नेता कार्यकर्तालाई साथ लिएर उनी दलीय राजनीतिबाट अलग भएका छन् ।

तत्कालिन नेकपा माओवादीको सशस्त्र जनयुद्धमा सहभागी भएका जोशी पछिल्लो माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य थिए । शिक्षण पेशाबाट अध्ययन विदा लिएर संकटकालमा २०५८ मा जनयुद्धमा होमिएका उनले दुई दशक बढी माओवादी केन्द्रका राजनीतिमा बिताएका छन् ।

mahostaw

२०७९ को स्थानीय तह निर्वाचनमा भीमदत्त नगरपालिकाको उप मेयरमा चुनाव लडेपछि जोशीले पार्टी छाडेर चर्चा चलेको थियो । स्थानीय तह निर्वाचनमा उनलाई धेरै मतदाताले स्वतन्त्र उम्मेदवारको रुपमा हेर्न चाहेको बताएका थिए ।

पार्टी छाडेर स्वतन्त्र भएका उनलाई माओवादी सहित काँग्रेस, एमाले, राप्रपा र समाजवादीका नेता कार्यकर्ताले साथ दिएका छन् । आइतबार पार्टी छाडेका १ सय ५६ जनामध्ये अधिकाँश माओवादी केन्द्रका नेता कार्यकर्ता छन् । त्यसमा १ सय २० जना माओवादीका नेता कार्यकर्ता छन् ।

माओवादी केन्द्रका भीमदत्त नगरपालिका वडा नं. ३, ८, ९, १८ र १२ का वडा कमिटी अध्यक्ष जोशीसित आएका छन् । माओवादी केन्द्रका जिल्ला सदस्यहरु केशव पन्त र डबल खातीले पार्टी छाडेका छन् । जोशीले पार्टी छाडेपछि भीमदत्तमा माओवादी केन्द्र ठूलो क्षति व्यहोर्न पर्ने अवस्थामा आएको छ ।

माओवादी केन्द्र अन्य निर्वाचन क्षेत्रको तुलनामा निर्वाचन क्षेत्र नं. ३ मा धेरै कमजोर छ । स्थानीय तह निर्वाचनमा जोशीको व्यक्तिगत प्रभावले माओवादी केन्द्रले अनपेक्षित मत पाएको थियो ।

जोशीले माओवादी केन्द्र छाडेर स्वतन्त्र भएका जोशीले पूराना राजनीतिक दलबाट राष्ट्र र समाजको विकासका लागि काम गर्न नसकिने अवस्था देखेर स्वतन्त्र भएको बताए । जोशीले निर्वाचन आयोगमा दर्ता भएका कुनै पनि राजनीतिक दलमा नफर्किने मनस्थिति जोशीले बनाएका छन् । राष्ट्र विकासका लागि भिजन र मिसन लिएर आउने दलसित आगामी दिनमा जोडिन सक्ने उनको भनाई छ ।

माओवादी केन्द्रले चुनावमा दल फेरेर गर्ने गठबन्धन र पार्टीमा बसेर विवेक प्रयोग गर्न नसकिने अवस्थाले पनि आफू स्वतन्त्र भएको उनी बताउँछन् ।

‘हाम्रोमा त सबैभन्दाम ठूलो समस्या त गठगबन्धन भो, कहिले राष्ट्रका लागि गठबन्धन भन्छन्, कहिले विकासका लागि भन्छन्, कहिले लोकतन्त्रका लागि भन्छन्, पार्टीको विचार सिद्धान्त भन्ने करा त्यहाँ कही भएन’ उनले भने,‘अब यसरी गठबन्धन गरी कहिले एमाले, कहिले काँग्रेस, कहिले राप्रपालाई भोट हाल्नु भन्दा स्वतन्त्र भएर सेवा गर्न राम्रो भयो नि ।’

पार्टीमा बसेर पार्टीभित्रका गलत कुराको विरोध गर्न नसकिने अवस्था आएकाले आफूहरु बाहिर निस्कन बाध्य भएको उनले बताए । ‘पार्टीभित्र माथिदेखि तलसम्म भ्रष्टाचार छ, भुटानी शरणार्थी प्रकरण छ, सुन काण्ड छ, त्यहाँ बसेर यसबारे बोल्न सकिदैन’ उनले भने,‘अब स्वतन्त्र भएर यस्ता गलत कुराको बोल्छौ, समाजको विकासका लागि लाग्छौ ।’

Himal dental
सम्बन्धित
Loading...