शुक्लाफाँटा नगरपालिकाका कामकाज नयाँ प्रशासनिक भवनबाट सुरु

Amity

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका नयाँ प्रशासनिक भवनमा सरेको छ । एडीबी अनुदानको क्षेत्रीय सहरी विकास आयोजना अन्र्तगत नगरपालिका कार्यालयको भवन निर्माण गरिएको हो ।

शनिबार परराष्ट्र मन्त्री एनपी साउँदले नयाँ भवन उद्घाटन गरेका छन् । कार्यालय भवन निर्माणका लागि १२ करोडमा ठेक्का दिइएको थियो ।

janjyoti campus

एडीबी अनुदानमा नगरपालिकाले कार्यालय भवन बाहेक एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र र सडक निर्माणका योजना छनौट गरी सुरु गरिएका हुन् ।

शुक्लाफाँटा नगरपालिकाका मेयर रण बहादुर महराले नयाँ भवनमा कार्यालयलाई व्यवस्थित रुपमा सञ्चालन गरी सेवा प्रवाह गरिने बताए ।

‘पहिला एउटा सानो कोठामा एउटै कोठामा २÷३ शाखा राख्नु पर्ने अवस्था थियो, अहिले एउटा कोठामा एउटा शाखा राख्ने र सिसिटिभी क्यामराको निगरानीमा राख्ने त्यही अनुरुप सेवा प्रवाह गर्छौ’ उनले भने ।

मेयर महराको अध्यक्षतामा गरिएको कार्यक्रममा उप मेयर कल्पना जोशी पन्तले स्वागत गर्दै नयाँ भवनमा व्यवस्ति रुपमा कार्यालय सञ्चालन हुने बताइन् ।

कार्यक्रममा मन्त्री साउँदले शुक्लाफाँटा नगरपालिका विकासको गतिमा हिँडेको उल्लेख गर्दै भने, ‘सेवाग्राहीका जनताका काम तीव्रताका साथ हुने, चुनौतीका साथ अवसर पनि बोकेको शुक्लाफाँटा नगरपालिका बिकासको गतिमा रहेको जसमा सुन्दरताले भरिपुर्ण रहेको छ, “रोल मोडेल” को रुपमा शुक्लाफाँटालाई अगाडि बढाउने कार्यलाई थालनी गर्दा आज विकासले सार्थकता पाएको जसमा सकारात्मक तिर फट्को मार्न सफल भएको हो ।’

उनले आरक्ष पीडितको समस्या समाधान एक हप्ता भित्र आयोग गठन गरी कार्यहरु अघि बढाउने र जग्गा वा जग्गा बराबरको मुआब्जा उपलब्ध गराउने सम्पूर्ण अधिकार आयोगलाई दिने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दुर्गा दत्त बोहरा, भीमदत्त नगरपालिका मेयर पदम बोगटी, बेदकोट नगरपालिकाका मेयर भोजराज बोहरा, कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझा, पुनर्वास नगरपालिका मेयर तोय प्रसाद शर्मा, लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना लगायतका सहभागी भएका छन् ।

शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले कार्यक्रम सञ्चालन गरेका थिए ।

ghar sansar
सम्बन्धित
Loading...