ghar sansar

कञ्चनपुर प्रहरीले गोदाममा छापा हानेर आतंकित बनाएको भन्दै परराष्ट्र मन्त्री साउँदलाई उद्यमी व्यवसायीको दुखेसो

little buddha academy
khasi

महेन्द्रनगर । उद्यमी व्यवसायीले परराष्ट्र मन्त्री एनपी साउँदलाई कञ्चनपुर प्रहरीले क्षेत्राधिकार मिचेर गोदाममा छापा हानेर आतंकित बनाएको दुखेसो पोखेका छन् ।

कञ्चनपुर उद्योग बाणिज्य संघको स्वागत तथा सम्मान कार्यक्रममा सहभागी मन्त्री साउँदलाई उनीहरुले भन्सार नाकाबाट जाँचपास भएर आएको समान प्रहरीले बलजफती गोदाममा छापा हानेर बरामद गरेको गुनासो पोखेका हुन् ।

,orning glory badhai
dirghayi clinic

मन्त्री साउँदलाई उनीहरुले भन्सार नाकामा समान जाँचपासमा कडाई हुनु पर्ने र जाँचपास भएर आएको समान राजश्व अनुसन्धानको क्षेत्रमा पर्ने भएको उल्लेख गर्दै उनीहरुले प्रहरीले छापा हानेर आतंकित बनाएको बताए ।

उद्यमी व्यवसायीको दुखेसोपछि मन्त्री साउँदले प्रहरीको छापामा आफूले चासो राखेको र भित्री कुरा बुझेर कसरी सहज वातावरणको निर्माण गर्न सकिन्छ भन्ने विषयमा पहल गर्नेृ आश्वासन दिएका छन् ।

दशैं तिहारमा प्रहरीले भन्सार छलीको समान भन्दै व्यवसायीका गोदाममा छापा हानेर बरामद गरेको थियो । गत महिना व्यवसायीले त्यस विरुद्ध बजार बन्द गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...