ghar sansar

मेयरको प्रतिवद्धता अनुसार बेदकोटमा सुरु भयो १५ शैय्याको नगर अस्पताल निर्माण कार्य

little buddha academy
khasi

महेन्द्रनगर । बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराको प्रतिवद्धता अनुसार १५ शै्ययाको नगर अस्पताल निर्माण कार्य सुरु भएको छ ।

नगर अस्पताल निर्माणका लागि दबाव दिन गठित संघर्ष समितिले कार्तिक १८ गते स्थानीय सहितको सहभागितामा नगर अस्पताल निर्माण स्थलमा गरेको कार्यक्रममा मेयर बोहराले छठपछि अस्पताल निर्माण अघि बढाउने प्रतिवद्धता गरेका थिए । उनले कार्यक्रम स्थलबाट सबै सहभागीलाई सुनिने गरी लाउड स्पिकर गरी ठेकेदार कम्पनीसित कुराकानी गरेका थिए ।

,orning glory badhai

नगर अस्पताल निर्माणका लागि संघर्षका कार्यक्रम बनाउन संघर्ष समितिले जनप्रतिनिधि र स्थानीय सहितको सहभागितामा नगर अस्पताल निर्माणका कार्यक्रम गरेको थियो । मेयर बोहराले छठपछि अस्पताल निर्माण कार्य अघि बढाउने प्रतिवद्धता जनाएपछि तत्कालका लागि संघर्षका कार्यक्रम स्थगित गरिएको थियो ।

नगर अस्पताल निर्माण संघर्ष समितिका संयोजक खगेन्द्र नाथले नगर वासिन्दाको माग र चाहना अनुसार नगर अस्पताल निर्माण कार्य सुरु भएको बताए ।

‘मेयर सापले प्रतिवद्धता गरेपछि तत्काल संघर्षका कार्यक्रम स्थगित गरी प्रतिवद्धता कार्यान्वयनमा आशमा थियौ’ संयोजक नाथले भने,‘त्यस अनुुसार काम भएको छ, अब यो निर्माण कार्य सम्पन्न गरी नगर अस्पताल सञ्चालनमा आउनु पर्छ ।’

संघर्ष समितिका संयोजक नाथले संघर्ष समितिले अस्पताल सञ्चालन ल्याउनका लागि सधंंै दबाव दिने बताए । ‘आज काम सुरु गरेर फेरि रोकेर अलपत्र पार्ने कार्य गरिनु हुँदैन, अब यो अस्पताल निर्माण भएर सञ्चालनमा आउँदासम्म हामी निरन्तर दबाव दिन्छौ’ उनले भने ।

स्थानीय तहमा १५ र १० शैय्याको अस्पताल बनाउने सरकारी नीति अनुसार बेदकोट नगरपालिका ३ दैजीमा १५ शैय्याको नगर अस्पताल २०७८ बैशाख २२ गते ९ करोड ७४ लाखमा राजेन्द्र निर्माणसित ९ करोड ७४ लाखमा सम्झौता भएको थियो । सम्झौता अनुसार अस्पताल निर्माण नभएर ठेक्का सम्झौताको दुई वर्षे म्याद सकिएको छ ।

dirghayi clinic

ठेकेदार कम्पनीले सम्झौतापछि नगरपालिका कार्यालयबाट ८५ लाख पेश्की लिएर निर्माण कार्य सुरु नगरेपछि गत वर्ष स्थानीय नाथको नेतृत्वमा संघर्ष समिति गठन गरी दबाब दिन थालिएको थियो ।

संघर्ष समितिको अगुवाईमा अस्पताल निर्माणका लागि नगरपालिका कार्यालयमा धर्ना बसेपछि गत वर्ष अस्पताल बनाउन पर्खाल निर्माण सुरु गरिएको थियो । ठेकेदार कम्पनीले पर्खाल निर्माण कार्य अधुरो छाडेर गएपछि गत कार्तिकमा संघर्ष समितिले फेरि सर्वपक्षीय र सर्वदलीय छलफल गरी अस्पताल निर्माणका लागि दबाव दिएको थियो ।

ठेकेदार कम्पनीले अहिले गंगेश्वर बेताल निर्माण सेवालाई अस्पताल निर्माण कार्य जिम्मा दिएको छ । अहिले भवन निर्माणका लागि पिलर खडा गरिएका छन् । नयाँ ठेकेदार कम्पनीले जिम्मा लिएर निर्माण कार्य सुरु गरेकाले स्थानीयमा अस्पताल बन्ने आश पलाएको संघर्ष समितिको संयोजक नाथले बताए । 

गत वर्ष स्थानीय तह निर्वाचनबाट मेयरमा निर्वाचित भएपछि बोहराले अस्पताल निर्र्माणको साइड क्लियर गराएका थिए । त्यस अघि ठेकेदार कम्पनीले साइड क्लियर नभएको भन्दै काम सुरु गर्न नसकिएको गुनासो गर्दै आएको थियो ।

अस्पताल बनाउन दैजीस्थित शारदा माध्यमिक विद्यालयले भोगलचन गर्दै आएको १२ कट्टा जमिन उपलब्ध गराएको छ । हालसम्म अस्पताल निर्माण कार्य ३ प्रतिशत भएको नगरपालिका कार्यालयका प्राविधिकहरु बताउँछन् ।

बेदकोटका मेयर बोहराले आफूले नगर अस्पताल निर्माण कार्यलाई प्राथमिकता दिएर अघि बढेको बताए । ‘यसलाई प्राथमिकता दिएर लागि रहेका छौ, निर्माण कम्पनीसित कुराकानी भएको छ,’ उनले भने, यसमा म सधैं प्रतिवद्ध भएर लाग्छु ।’

नगर अस्पताल संघर्ष समितिले अस्पताल निर्माण सम्बन्धि नगरपालिका कार्यालयमा राखेको छलफल कार्यक्रममा कार्यालय बाहिर भएका कारण अनुपस्थित भएका उनी अर्को दिन निर्माण स्थलको छलफलमा सहभागी भएर प्रतिवद्धता गरेका थिए ।

नगरपालिका कार्यालयमा भएको सर्वपक्षीय छलफलमा कार्यक्रममा उपस्थित जनप्रतिनिधिले वास्ता नगरेपछि संघर्ष समितिले अर्को दिन आन्दोलनको तयारीका लागि छलफल कार्यक्रम राखेको थियो । अस्पताल निर्माण छलफलमा उपस्थित नभएको भन्दै जनप्रतिनिधिको आलोचना भएको थियो ।

बेदकोट नगरपालिका ३ का वडा अध्यक्ष धामीले अस्पताल निर्माणका लागि मेय बोहरा र आफूले चुनाव जितेपछि दुई पटक ठेकेदार कम्पनीका सञ्चालकसित भेटघाट गरी दबाव दिएको बताए ।

Himal dental
सम्बन्धित
Loading...