
महेन्द्रनगर । मुक्ति समाज नेपाल जिल्ला कमिटी कञ्चनपुरले जाजरकोट र रुकुमु पश्चिममा पुनःनिर्माणका लागि दक्ष जनशक्ति पठाउने भएको छ ।
मुक्ति समाजको बुधबार बसेको जिल्ला कमिटी बैठकले ती दुबै जिल्लाका लागि राहत संकलन र पुनः निर्माणका लागि दक्ष जनशक्ति पठाउन पालिका स्तरबाट नामावली संकलन गर्ने निर्णय गरेको हो ।
मक्ति समाजका जिल्ला अध्यक्ष नरेश सिलालले भुकम्प पीडितका लागि राहत संकलन गर्ने र उद्धार र पुनर्निर्माणका लागि दक्ष जनशक्ति पठाउन पालिका स्तरका बैठक बसि इच्छुक व्यक्ति को नामावली संकलन गरी पार्टीसंग समुन्वय गरी पठाउने निर्णय गरिएको बताए ।
बैठकमा एमाले ) सुदुरपश्चिम प्रदेशको प्रथम अधिवेशनबाट उप सचिव निर्वाचित नर बहादुर विश्वकर्मा सहित सबैलाई संमान पत्र प्रदान गरी सम्मान गरेको छ ।
बैठकले एमालेले मंसिर १४ देखि सञ्चालन गर्न लागेको झुलाघाटदेखि चिवा भञ्ज्याङ सम्म मध्य पहाडी पुष्पलाल राजमार्गमा समृद्धिका लागि संकल्प यात्रामा सहभागी हुने निर्णय गरेको छ ।
