ghar sansar

भीमदत्त पन्तको शालिक तोडफोडमा संलग्न रहेको भन्दै राप्रपाका युवा नेता कार्की पक्राउ, पार्टी कार्यालयमा प्रहरीको घेरा

महेन्द्रनगर । भीम वाटिकामा भीमदत्त पन्तको शालिक तोडफोडमा संलग्न राप्रपाका नेता कार्यकर्ता पक्राउका लागि प्रहरी टोली परिचालन भएको छ । जिल्ला प्रहरी कार्यालययले शालिक तोडफोड भएपछि तीन जना प्रहरी निरीक्षकको नेतृत्वमा महेन्द्रनगर बजार र राप्रपा पार्टी कार्यालयमा टोली परिचालन गरेको छ ।

प्रहरीले राप्रपाको राष्ट्रिय युवक संगठनका नरेश कार्कीलाई पक्राउ गरेको छ । पार्क मोडमा कोण सभा समापन भएपछि कार्कीलाई पक्राउ गरिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ ।

भानु पार्टी प्यालेशस्थित राप्रपा पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएका छन् । अहिले राप्रपा पार्टी कार्यालयमा प्रहरीले घेरा हालेको छ । शालिक तोडफोडपछि पार्क मोडमा कार्यक्रम गरी राप्रपा नेता कार्यकर्ता पार्टी कार्यालय गएको प्रहरीको आशंका छ ।

प्रहरीले पार्टी कार्यालय भित्र पसेर तोडफोडमा संलग्नलाई पक्राउ गर्ने तयारी गरेको प्रहरी स्रोतको दावी छ । राज संख्या पुनःस्थापनाका लागि राप्रपाले गरेको प्रदर्शनमा सहभागीले पार्कभित्र प्रवेश गरी पन्तको शालिक तोडफोड गरेका छन् । उनीहरुले पार्क प्रवेशद्वारमा भीम वाटिकाको नाम मेटाई दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकद्वय हर्ष बहादुर चन्द र विनु शाही तथा वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक यम बहादुर मल्लको नेतृत्वमा प्रहरी टोली परिचालन भएको छ ।

पार्कमा शालिक तोडफोड भएपछि प्रहरीले दुई राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो ।

 

 

Himal dental
सम्बन्धित
Loading...