ghar sansar

रसायनिक छाडेर बोकासे मल प्रयोग गर्दै शुक्लाफाँटाका किसान, अवलोकनका लागि खेतमै  पुग्यो यति ठूलो टीम

khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकामा सिप्रेडले सञ्चालन गरेको ‘स्कील अप’ परियोजना अन्तर्गत लगाईएको तरकारी खेतीको शुक्रबार अवलोकन गरिएको छ । बोकासे मलको प्रयोग गरी किसानले लगाएको काउली, बन्दा, खुर्सानी, गोलभेडा आलु लगायत तरकारी खेतीको अवलोकन गरिएको हो ।

अबलोकन कार्यक्रममा कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा, उप प्रमुख द्रोपती राना, शुक्लाफाँटा नगरपालिकाका उप प्रमुख कल्पना पन्त, वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरी, चक्र बहादुर खड्का, कमल ठकुल्ला, परियोजनका निर्देशक रामभक्त न्यौपाने, कृषि ज्ञान केन्द्रका प्राविधिक जनक बहादुर सिंह, दुवै नगरपालिकाका कृषि विकास शाखाका प्रमुख करन सिंह बुढाऐर र लाल बहादुर धामी लगायत सहभागी भएका छन् ।

अवलोकनमा सहभागीहरुलाई तरकारी खेतीमा संलग्न किसान महिलाहरुले बोकासे मल घरमै तयार गरी खेतीबारीमा हाल्दा उत्पादन बढ्दै गएको बताएका थिए ।

बोकासे मलको प्रयोग गर्दै आएपछि रासायनिक मलको परनिर्भरता हट्दै गएको किसान महिला सिता चौधरीले बताइन् । जैविक विधिको प्रयोग गरी तयार पारिएको झोल मल, बिषादीको प्रयोगले रोग किराको प्रकोप हटदै गएको र बजारमा यसरी उत्पादन भएका तरकारीको मूल्य बढी पाईने गरिएको उनको भनाई रहेको छ ।

dirghayi clinic

कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले जैविक विधिको प्रयोग गरी लगाईएको तरकारी स्वास्थ्यका दृष्टीकोणले लाभदायक भएकाले किसानलाई यस तर्फ डोरयाउनका लागि अनुदानका कार्यक्रम सञ्चालन गरिने बताए ।

शुक्लाफाँटा नगरपालिकाका नगर उप प्रमुख कल्पना पन्तले व्यवसायीक तरकारी खेतीमा संलग्न किसानलाई नगरपालिकाका तर्फबाट अनुदानमा बीउविजन, कृषि औजार र उपकरण वितरणको कार्य गरिदै आएको बताइन् । अझै किसानलाई व्यवसायीक बनाउनका लागि प्रभावकारी रुपमा अनुदानका कार्यक्रमलाई अघि बढाईने उनको भनाई छ ।

परियोजनाका निर्देशक रामभक्त न्यौपानेले बोकासे मलको प्रयोग गर्दै जादा शुरुमा कम उत्पादन भएपनि पछिल्ला वर्षहरुमा उत्पादन बढदै जाने र माटोको गुणस्तरमा पनि सुधार हुदै जाने बताए ।

बोकासे मलको प्रयोग गर्न थालेपछि पहिलेको तुलनामा किसानले थोरै मात्रै रासायनिक मल हाल्नु पर्छ, जसबाट किसानको व्ययभार घटदै जाने हुन्छ उनले भने ।

घर दैलोमै पुगेर परियोजनाबाट खटिएका प्राविधिकहरुले बोकासे मल, झोल मल, बिषादी बनाउने तालिम दिएर किसानलाई दक्ष पारेको उनको भनाई थियो । किसानलाई तरकारी खेती गर्ने नौलो तौर तरिका पनि सिकाएर उत्पादन बढाउनमा सघाउ पुरयाईएको  उल्लेख गरे ।

 

Himal dental
सम्बन्धित
Loading...