ghar sansar

एमाले कञ्चनप्रले भन्यो – भीमदत्त पन्तको शालिक तोडफोड निन्दनीय, संलग्न सबैलाई कारवाही गर्न माग

महेन्द्रनगर । नेकपा (एमाले) कञ्चनपुरले किसान नेता भीमदत्त पन्तको सालीक तोडफोडको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी कार्यवाहक अध्यक्ष लक्ष्मी बुढाले प्रेस विज्ञप्ति जारी गर्दै किसान, मजदुर, गरिब र पीडितका पक्षमा बोल्दा जीवन गुमाएका नेता भीमदत्तको अपमान गर्दै शालिक तोडफोड गरिने कार्य निन्दनीय भएको उल्लेख गरिएको छ ।

‘राष्ट्रवादी कञ्चनपुरबासी’ को नाममा व्यानर बनाएर प्रर्दशनमा उत्रिएको भीडले भीमदत्त पन्तको शालिक तोडफोड गरेका हुन् ।

राजतन्त्र र राजावादीको पहिचान दिनेहरुबाटै गरिब, दुखी र किसान जनताका प्रीय र गौरवमय इतिहास बोकेका नेताको शालिक तोडफोडमा संलग्नहरुलाई पहिचान गरि यथाशीघ्र कारवाही गर्न एमाले कञ्चनपुरले माग गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...