ghar sansar

निन्दनीय कार्य

little buddha academy
khasi

मुलुकमा लोकतन्त्र स्थापना पछि गणतन्त्रसम्म आईपुग्दा राष्ट्रिय प्रजातन्त्र पार्टी धेरै पटक सरकारमा सहभागी भएको छ । नेपाल अधिराज्यको संविधानलाई नै मानेर सरकारमा सहभागी भएको हुनु पर्दछ । राज संस्था पुनःस्थापनाको माग गर्ने राप्रपा किन गणतन्त्रमा सरकारमा सहभागि भएर संविधानको कसमा खाएको होला । नेपालको संविधानमा शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई दिएको छ । अहिलेकै संविधान अन्र्तगत रहेर पटक सरकारमा समेत सहभागी भएको राजनीतिक दलबाट हिंसा भडकाउने र मुलुकमा अशान्ति फैलाउने काम निन्दनीय र असान्दर्भिक हो ।

dirghayi clinic

शुक्रबार राज संस्था पुनःस्थापना अभियान अन्र्तगत प्रदर्शनमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताले महेन्द्रनगरस्थित भीम वाटिका (स्थानीय पार्क) मा भीमदत्त पन्तको शालिक तोडफोड गरेका छन् । भीमदत्त पन्त स्मृति प्रतिष्ठानले केही वर्ष अघि पन्तको शालिक स्थापना गरेपछि भीम वाटिका नामाकरण गरिएको स्थानीय पार्कभित्र निमार्ण भएको भीमदत्त पन्तको शालिक तोडफोड गर्नुको कुनै तुक छैन् । भीमदत्त पन्तलाई अहिले आएर कुनै राजनीतिक दलले आप्mनो दलको ट्यग भिराए पनि उनी विशुद्ध किसानको हकहितमा आवाज उठाएकै कारण शहिद भएका हुन् । त्यसै पनि एतिहासिक व्यक्तिहरुको शालिक बनाउनु इतिहासको संरक्षण र जगेर्ना गर्नु हो । केही अराजकहरुले बीच बजारमा रहेको राजा महेन्द्रको शालिक ताडफोड गरे । मुलुकका अन्य स्थानहरुका रहेका राजाहरुका शालिक पनि भत्काए । हिजो राजाका शालिक तोडनेहरु नै अहिले आएर राजा आउ देश बचाउ भन्दै उफ्रि राखेका छन् ।

,orning glory badhai

मुलुकको इतिहास केसैले शालिक भत्काउदैमा मेटिने होइन । भीमदत्त पन्त होस या राजाहरुको होस शालिक तोडफोड गर्नु निन्दनीय कार्य हो । निर्माण भएका यी शालिकहरुले आउने पुस्ताले पनि इतिहासलाई चिन्ने अवसर प्राप्त गर्न
सक्छ । राप्रपाका अराजक कार्यकर्ताहरुले सुरक्षाकर्मीले दुई राउण्ड अश्रुग्याँस प्रहार नगरेको भए शालिक तोडफोड गरिसक्थ्ये र सुरक्षाकर्मीलको प्रयासले शालिक तोडफोड हुनबाट जोगिएको छ । त्यति हुँदाहुँदै पनि उनीहरुले पार्कको प्रवेशद्वारमा पेन्ट लगाएर भीम वाटिकाको नाम मेटाई दिएका छन् । भीमदत्त पन्तको शालिक तोडफोडमा संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टीका १८ नेता कार्यकर्ता पक्राउ परेका छन् ।

शालिक तोडफोडमा संलग्न रहेको आरोपमा पक्राउ परेकालाई निशर्त रिहाईको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले अनिश्चितकालीन कञ्चनपुर बन्द गर्ने घोषण गरेको छ । व्यवसायीहरुले पनि राष्ट्रिय प्रजातन्त्र पार्टी घोषणाको सम्मान गरेको पाइएको छ । अराजकहरुलाई कारवाहीको माग गर्नु पर्ने व्यवसायीहरुले के कारणले बजार बन्द गरेका हुन बुझन सकिएको छैन ।भीमदत्त पन्तको मात्र नभएर मुलुकमा निमार्ण भएका कुनै पनि संरचना या शालिक तोडफोड गर्नु निन्दनीय कार्य हो र यस्तो कार्यमा संलग्न जो कोहीलाई कारवाही गरिनु पर्दछ ।

Himal dental
सम्बन्धित
Loading...