ghar sansar

१६ दिने अभियान

little buddha academy
khasi

संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारेखलाई महिला हिंसा निर्मूल सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्वभर मनाउने निर्णय गरे बमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान सन्चालन हुँदै आएको छ । नेपालमा पनि लैंगिक हिंसा विरुद्वको विश्वव्यापी १६ दिने अभियान शनिबारदेखि सुरु भएको छ । नेपालमा पनि लैंगिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता भन्ने राष्ट्रिय नाराका साथ अभियान मनाइदैछ ।

dirghayi clinic

अभियान अन्तरगत सरकारी र गैरसरकारी क्षेत्रबाट देशभरि विभिन्न सचेतनामूलक कार्यक्रम लगायत विभिन्न कार्यक्रमहरू सन्चालन हुने गरेका छन् । लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसालाई लैंगिकतामा आधारित हिंसा भनिन्छ । स्रोत, साधन, अवसर, जिम्मेवारि तथा हक, अधिकारको असमान वितरण, सानो उमेरमा वा बालविवाह, महिलालाई घरमा मात्र सिमित राख्नु, महिलाको कामको मूल्यांकन नगरिनु जस्ता लिंगको १६ दिने अभियानआधारमा हुने हिंसाहरूलाई लैंगिक हिंसा भन्ने गरिन्छ ।

,orning glory badhai

बाल विवाह, बोक्सिको आरोप, झुमा, देउकी, वादी, बोक्सी, बहुविवाह, सुत्केरी तथा रजस्वलाको समयमा गरिने छुवाछुतको व्यवहार वा छाउपडि इत्यादि सामाजिक सा“स्कृतिक हिंसा मानिन्छन् । यस्ता हिंसा विरुद्ध सरकारले कडा कानुन पनि बनाएकै छ र सरकारी तथा गैर सरकारी क्षेत्रबाट वर्षेनी यस्ता कार्यक्रमहरु पनि संचालन भइनै राखेका छन् । तर प्रहरीको तथ्यांकमा यस्ता हिंसाहरु न्युनिकरण भएको पाइदैन । संघ संस्थाहरुले पेस गर्ने बार्षिक प्रतिवेदनमा पनि यस्ता हिंसाहरुमा कमी आएको पाइदैन । स्थानीय तहहरुले पनि लैंगिक हिंसा विरुद्वको १६ दिने अभियानलाई ठूलो महत्वका साथ मनाउने गरेको छ । निकै तामझामका साथ मनाइने यस्ता कार्यक्रमको उपादयता कति छ र यस्ता कार्यक्रमहरुबाट हिंसा न्यूनीकरणमा के कस्तो प्रभाव परेको छ त्यसको मूल्यंकन कहिलै गरिएको पाइदैन ।

गैरसरकारी क्षेत्रले डलको खेति गर्नकै लागि भए पनि यस्ता हिंसा बढेको प्रतिवेदन देखाउन सक्लान तर प्रहरीले पेश गर्ने तथ्यांकलाई पनि हेर्ने हो भने यस्ता हिंसा घटेको पाइदैन । गैर सरकारी संघ संस्था, स्थानीय पालीका, प्रदेश र केन्द्र सरकारले लैंगिक हिंसा विरुद्वको १६ दिने अभियानमा गर्ने खर्चाको तुलनामा कुनै उपलब्धी भएको पाइदैन । यसरी गरिएको खर्च सबै बालुवामा पानी जस्तै भएको पाइन्छ । संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने भएकोले नेपालमा पनि महिला हिंसालाई नै प्राथमिकता दिने गरेको छ । तर अहिले धेरै जसो पुरुष नै यस्तो हिंसाको शिकार हुने गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...