ghar sansar

कृषि ज्ञान केन्द्रका कर्मचारीलाई १० हजार घुस बुझाउन नसक्दा ब्याज अनुदान काटिएको किसानको दुखेसो

ज्ञान केन्द्रका प्राविधिक सिह भन्छन्– अर्काको केरा देखाएपछि ब्याज अनुदान नदिइएको हो

khasi

महेन्द्रनगर । कृषि ज्ञान केन्द्र कञ्चनपुरका कर्मचारीलाई घुस बुझाउन नसकेर आफ्नो ब्याज अनुदान कटौती गरिएको एक किसानले सार्वजनिक कार्यक्रममा दुखेसो पोखेका छन् ।

भीमदत्त नगरपालिका ६ ऐठपुरका सुरेन्द्र बहादुर चन्दले कार्यालयसित ब्याज अनुदानका लागि सम्झौता भए पनि कर्मचारीका कारण पाउन नसकेको बताएका हुन् । कार्यालयले ब्याज अनुदान नदिएपछि अहिले चन्द आफै तिरि रहेका छन् ।

Anant bahu travels

कृषि ज्ञान केन्द्रको आशमा चन्दले ज्योति विकास बैंकबाट १० लाख ऋण लिएर एक हजार एक सय केराका बोट लगाएका थिए । अज्ञात रोगका कारण केराका बोट खराब भएका थिए । केराका थुम हेरेर फर्किएका कर्मचारीले केराका बोट भए मात्रै ब्याज अनुदान दिइने भन्दै आलटाल गरेका थिए ।

‘मैले ती मरेका ११ सय केराका थुम देखाए, हुँदै हुँदैन भन्यो, मैले ती थुमबाट मल उत्पादन सुरु गरेका थिए। त्यो देखाए त्यसमा पनि हुँदैन भन्यो’ उनले भने,‘मसित केरा मात्रै चाहिन्छ भन्यो, तर अरु त विदेशमा भएकालाई पनि अनुदान दिइएको छ ।’

चन्दले आफूसित ऋण लिएका केही किसानले पछि कर्मचारीलाई १० हजारसम्म घुस दिइएको बताएको थाह भएको बताए ।

dirghayi clinic

‘मलाई सुरुमा यो कुरा थाह भएन, पछि अरुसित सोध्दा १० हजारसम्म पैसा लिइएको रहेछ, त्यही भएर विदेशमा भएकालाई पनि ब्याज अनुदान दिईएको रहेको छ ।’

ज्ञान केन्द्रले ब्याज अनुदान नदिएका चन्दले केराका थुमबाट मल उत्पादन गरी किसानलाई बिक्री वितरण गर्र्दै आएका छन् । उनी अहिले गड्यौलाबाट मल उत्पादन गर्दै आएका छन् । उनको भर्मिङ्ग मल कर्णालीसम्म बिक्री हुने गरेको छ ।

घरेलु तथा साना उद्योग कार्यायलयले शनिबार कार्यालयमा मनाएको नवौ उद्योग दिवसमा चन्दले किसानले भीमदत्त नगरपालिका र ज्ञान केन्द्रबाट पाएको सास्तीबारे गुनासो राखेका थिए । उनसित अहिले ५० क्विन्टल मल उत्पादन गरी मौज्दात राखेका छन् ।

कृषि ज्ञान केन्द्रका प्राविधिक जनक बहादुर सिंहले चन्दले अर्काको केराबारी देखाएकाले ब्याज अनुदान नदिइएको बताए ।

‘वहाँले अघिल्लो वर्ष भर्मिङ्ग कम्पोष्ट मलका लागि कार्यालयबाट अनुदान पाउनु भएको थियो, त्यसका आधारमा वहाँलाई ब्याज अनुदानका लागि छनौट गरिएको हो’ उनले भने,‘तर वहाँले अनुगमनमा जाँदा आफ्नो केरा नभएर अर्काको केरा देखाएपछि अनुदान रोएिको हो ।’

कार्यालयका प्राविधिक सिहले केरा अनुगमनका लागि आफू सहितको प्राविधिक टोली अनुगमनमा गएको बताए । कार्यालयले गत वर्ष ४० लाख ब्याज अनुदान दिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...