ghar sansar

जति जोगी आए पनि कानै चिरेका

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले साढे नौलाख बराबरका भन्सार चोरी छली गरी ल्याएका अबैध समान विभिन्न मितिमा बरामद गरेको छ । भारतबाट भन्सार छली गरी ल्याएर लुकाई छिपाई राखिएका कपडा,चिनि, दाल,मिश्री, मसला,मिठाई,चकलेट लगायतका बिभिन्न किसिमका सामान बरामद गरि आवश्यक कार्वाहिका लागि भन्सार कार्यालय गड्डाचौकि पठाएउने गरेका समाचारहरु आउने गरेका छन् । कञ्चनपुरमा प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) कमल थापाले सम्हाले पछि भन्सार चोरी, छली, लागु औषध लगायतका सामाजिक विकृति विरूद्व खरो उत्रिएको पाइन्छ ।

जति जोगी आए नि कानै चिरेका भन्ने उखानलाई चरितार्थ गर्दै भीमदत्त नगरपालिकाकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको षियमा मुख खोल्न र अनुसन्धान गर्न ध्यान जान सकेको पाइदैन । वि.सं. २०७५ साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा साथीको घरबाट हराएकी बालिका पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो । स्थानीय बासिन्दाले हत्याकाण्डमा प्रहरीको हात रहेको आशंका गरी छानबीन माग गरेका थिए । प्रहरीको विरूद्धमा भएको प्रदर्शनमा गोली लागि थप एक युवकको समेत मृत्यु भएको थियो ।

त्यसपछि भदौ ७ गते सरकारले उक्त घटनाको लागि एक विशेष छानबीन समिति गठन गरेको थियो । अहिले सम्मन जति प्रहरी उपरीक्षक (एसपी) फेरिए पनि उनीहरु निर्मला प्रकरणको अनुसन्धान निरन्तर चलिरहेको छ । त्यसका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट समेत विशेष टोली अनुसन्धानमा संलग्न छन् भन्ने जबाफ बाहेक अनुसन्धानले अन्तिमरुप पाउन सकिराखेको छैन । प्रहरी उपरीक्षक (एसपी) कमल थापा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी समेत काम गरिसकेकोले निर्मला प्रकरणको अनुसन्धान हुने र छिट्टै दोषीलाई कानुनको कठघारामा उभ्याउने छन् भन्ने आशा जिल्लावासीको थियो । हालसम्म घटनाबारे सार्वजनिक गरि हाल्नु पर्ने ठोस प्रगति हासिल गर्न नसकेकोले प्रहरी मुख्य मुद्धालाई ढाकछोप गर्न तस्करी नियन्त्ररण लागु औषध लगायत तीर जनताको ध्यान आकर्षित गरेर चर्चा बटुल्न खोजिराखेको अनुभूति हुन थालेको छ ।

अन्तर्राष्ट्रिय समुदायको समेत ध्यान तानेको निर्मला हत्या प्रकरणलाई अहिले सम्म किनारा लगाउन नसक्नु प्रहरीको ठूलो असफलता हो । नेपाल प्रहरीको इतिहासमै सबैभन्दा धेरै प्राथमिकतामा परेको यस घटना सत्य तथ्य बाहिर नआएसम्म प्रहरीले अन्य जस्तोसुकै ठूलो अनुसन्धनमा सफता हात पारे पनि प्रहरीलाई लागेको दाग मेटिन सक्दैन । त्यसैले घटनाको वास्तविकता बाहिर ल्याउन सकेमा प्रहरीलाई लागेको दाग पनि मेटिने प्रहरी उपरीक्षक (एसपी) थापालाई पनि जिल्लावासीले पूmल मालाले सम्मान गर्ने छन् ।

Himal dental
सम्बन्धित
Loading...