ghar sansar

बैतडी पुगेका एमाले अध्यक्ष ओली आरतीमा समेत सहभागी

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा सुशासन कायम हुन नसकेको आरोप लगाएका छन्। बैतडीको पाटनमा एमालेले बुधबार आयोजना गरेको अभिनन्दन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा सुशासन कायम र रोजगारी सिर्जना हुन नसकेको बताए। उनले भने, ‘देशमा सुशासन, रोजगारी सिर्जना र गुणस्तरीय शिक्षा दिन सकिएको छैन।’

यसका साथै उनले देशमा कमिशनतन्त्र हावी भएको र कमिशनले गर्दा देशको आर्थिक अवस्था डामाडोल भएको बताए। उनले भने, ‘विश्वमा अर्थतन्त्र अगाडि बढिरहेका बेला नेपालको अवस्था बेहाल छ।’

,orning glory badhai

आफ्नो नेतृत्वको सरकारका वेला आर्थिक अवस्था मजबुत रहे पनि अहिले बिग्रिएको ओलीको आरोप छ। हाम्रो देशलाई कमजोर बनाउने शक्तिले एमालेको सरकार ढाल्यो। उनले भने, ‘आफ्नो सरकारका वेला थुप्रै विकासका काम भए पनि अहिले सबै सुस्तायो।’

संकल्प यात्राका वेला देश विकास किन हुन सकेन भनेर स्थानीय बासिन्दासँग छलफल गरिने र देशको विकास एमालेको नेतृत्वमा मात्रै हुन्छ भन्ने सन्देश दिन संकल्प यात्रा गरिन लागिएको बताए ।

dirghayi clinic

अभिनन्दन समारोहमा कम्युनिस्ट आन्दोलन र विभिन्न सामाजिक क्षेत्रमा योगदान गरेका १८६ जनालाई सम्मान गरिएको छ । ओलीले देहिमाण्डौमा कार्यकर्ता र शुभेच्छुकहरूसँग भेटघाट र साँझ निङलाशैनी मन्दिरमा सन्ध्या आरतिमा सहभागी भए ।

एमालेको बिहीवार शुरु हुने ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राञको उद्घाटनका लागि लागि ओली आज बैतडी आएका हुन् ।

संकल्प यात्राको ओलीले बिहीवार बिहान झुलाघाटमा नेपाली झण्डा झण्डोत्तोलन गरेर शुभारम्भ गर्ने कार्यक्रम रहेको नेकपा एमाले बैतडीका जिल्ला कमिटी सचिव चक्र कार्कीले जानकारी दिए ।

संकल्प यात्राको समुद्घाटनपछि त्रिपुरा सुन्दरी मन्दिरको दर्शन, शहीद दशरथचन्द, बलदेव रिचपलेको सालिकमा माल्यार्पणको कार्यक्रम छ । त्यसपछि बिहान ११ बजे गोठलापानीमा विशाल आमसभा आयोजना गरिएको छ । त्यसपछि साँझ खोडपेमा बझाङका नेता कार्यकर्तासँगको भेटघाट रहेको जनाएको छ ।

यो यात्रा मध्यपहाडी लोकमार्गकेन्द्रित हो। संकल्प यात्राका क्रममा स्थानीयसँग भेटघाट, सीमा समस्याका विषयमा छलफल र राष्ट्रिय एकताको सबल आधार निर्माण गर्ने उद्देश्यले अभियान आयोजना गरिएको एमालेले जनाएको छ ।

साभार : थाह खबर

Himal dental
सम्बन्धित
Loading...