ghar sansar

कृष्णपुरमा स्वास्थ्य संस्थामा जन्मिने बालिकालाई दुई हजार रुपैँया

khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिकामा ‘उपमेयर नवजात बालिका बचत खाता’ कार्यक्रम सञ्चालन गरिएको छ । नगरपालिका क्षेत्रभित्रका स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी भई जन्मने बालिकालाई नगरपालिकाले बचत खाता मार्फत दुई हजार रकम उपलब्ध गराउन कार्यक्रम सञ्चालन गरिएको हो ।

dirghayi clinic

गर्भमा रहेका छोरीको भ्रुण हत्या निरुत्साहित गर्न, छोरीमाथिको विभेद हटाउन, छोरीको जन्मदर्ता गराउनका लागि कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रतन बहादुर बिष्टले बताए । उक्त रकमका लागि बालिका स्वास्थ्य संस्थामा जन्मेको प्रमाणपत्र, आमाको नागरिकताको प्रतिलिपि, बाल बचत खाता नम्बर सहित भुक्तानीको लागि सम्बन्धित बालिकाका आमाले वडा कार्यालयमा निवेदन दिनु पर्ने छ।

आर्थिक वर्षको पुस मसान्त र असार मसान्तमा रकम भुक्तानी हुने गरी कार्यक्रम सञ्चालन गरिएको बिष्टले बताए। “कार्यक्रम सञ्चालनपछि छोरीहरूमाथि हुने विभेद हट्ने विश्वास लिएका छौँ,” उनले भने, “गर्भमै भ्रूण पहिचान गरी छोरा भएमात्र जन्माउने र छोरी भए गर्भपतन गर्ने परिपाटीको अन्त्य गर्नका लागि कार्यक्रम प्रभावकारी हुने विश्वास छ।” यसबाट छोरीले बाँच्न पाउने अधिकारको सुरक्षा हुने उनको भनाइ छ।

साभार : दिनेश खबर

Himal dental
सम्बन्धित
Loading...