ghar sansar

कञ्चनपुरमा यसरी मनाइदैछ १६ औं राष्ट्रिय निर्माण दिवस

dirghayu ad

महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरले मंसिर २२ गते १६ औं राष्ट्रिय निर्माण दिवस मनाउने भएको छ । संघले वरिष्ठ उपाध्यक्ष राजेन्द्र बहादुर चन्दको संयोजकत्वमा ११ सदस्यीय उप समिति गठन गरी दिवस मनाउने तयारी सुरु गरेको छ ।

संघले शुक्रबार संघको कार्यालयमा पत्रकार सम्मेलन गरी विभिन्न कार्यक्रम गरी राष्ट्रिय निर्माण दिवस मनाउने जानकारी दिएको छ । नेपाल राष्ट्रिय निर्माण व्यवसायी महासंघका आमन्त्रित केन्द्रीय सदस्य प्रेम प्रकाश भट्ट सहित संघका पदाधिकारी, सदस्य, व्यवसायी सहभागी कार्यक्रममा संघका अध्यक्ष निरन्जन प्रसाद भट्टले विगतका वर्षझै यस वर्ष पनि विभिन्न कार्यक्रम गरी राष्ट्रिय निर्माण दिवस मनाृउने तयारी गरिएको बताए ।

ratnam malkhad

संघका अध्यक्ष भट्टका अनुसार मंसिर २२ गते विहान संघको कार्यालयमा झण्डोत्तोलन, महेन्द्रनगर बजारमा प्रभातफेरि र हाजिरी जवाफ प्रतियोगिता लगायतका कार्यक्रम हुने भएका छन् ।

संघले यस वर्ष दिवसमा पहिलो पटक हाजिरी जवाफ प्रतियोगिता गर्न लागेको छ । प्रतियोगितामा भीमदत्त नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीले भाग लिन पाउने छन् ।

संघले सबै सामुदायिक विद्यालयलाई सहभागिताका लागि आमन्त्रण गर्ने अध्यक्ष भट्टले बताए । निङ्गलाशैनी माध्यमिक विद्यालयमा हुने प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीबाट एक छात्रा सहित तीन जनालाई सहभागी गराइने भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्तवनालाई क्रमशः २१ हजार १ सय ११, १५ हजार १ सय ११, ११ हजार १ सय ११ र ५ हजार १ सय ११ नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिनेछ ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष भट्टले सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रोत्साहनका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

संघले यस अघि महाकाली अञ्चल बाल अनाथालय सहित वृद्धाश्रममा खाद्यान्न लगायतका सहयोग दिँदै आएको थियो । यस वर्ष खाद्यान्न लगायतका सहयोग वितरणका कार्यक्रम नभएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

संघको बिहीबार बसेको कार्य समिति बैठकले निर्माण दिवस तयारीका लागि वरिष्ठ उपाध्यक्ष चन्दको संयोजकत्वमा समिति गठन गरेको थियो । संघका उपाध्यक्ष देब बहादुर चन्द सह संयोजक भएको उप समितिमा पदमराज बाृेहरा, तेज बहादुर चन्द, महेश जोशी, जनकराज अवस्थी, ज्ञानेन्द्र पूmयाल, अशोक बोहरा, चन्द्र सिह विष्ट, शंकरदत्त जोशी र सन्तोस खत्री सदस्य छन् ।

पत्रकार सम्मेलनमा संघका सल्लाहकार एवम् पूर्व अध्यक्षद्वय लोक बहादुर ठकुरी र रामदत्त लेखक, पूर्वू अध्यक्ष प्रेम सिह भण्डारी लगायतका सहभागी भएका छन् । संघका उपाध्यक्ष चन्दले कार्यक्रम सञ्चालन गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...