ghar sansar

भवन उद्घाटनमै अल्झि रहेका छन् परराष्ट्र मन्त्री साउँद

Amity

महेन्द्रनगर । पुनर्वास नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरिएको छ । परराष्ट्र मन्त्री एनपी साउदले शनिबार अपराह्न पुनर्वास नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेका छन् । भवन उद्घाटन गर्दै परराष्ट्र मन्त्री एनपी साउदले तीन वटै तहका सरकारले समन्वय गरेर कार्य गरेमा नागरिकले सहज सेवा पाउने बताएका छन् ।

निर्माण कम्पनी आशिष रश्मी जेभीसँग २०७७ मङ्सिर २४ गतेका दिन १ करोड ६९ लाख २२ हजार ४८० रकममा सम्झौता गरिएकोमा २०८० असार ३० गते निर्माण सम्पन्न गरेको निर्माण कम्पनीलाई १ करोड ६२ लाख ८३ हजार २०८ रकम भुक्तानी गरिएको थियो । नगरपालिका र सङ्घीय सरकारको संयुक्त लगानीमा भवन निर्माण गरिएको नगर उपप्रमुख भुलिया कुमारी रानाले जानकारी दिइन् ।

lotus institite

भवन निर्माणसँगै थप प्रशासनिक कामकाज तथा कार्य सम्पादनमा सहजता हुने पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले बताए । भवन अपाङ्गतामैत्री, सुविधायुक्त मिनी सभा हल सहित सम्पूर्ण शाखा एकै भवनमा रहने गरी निर्माण गरिएको नगरपालिकाले जनाएको छ । यसअघि निर्माण गरिएको भवनमा विभिन्न शाखाका लागि ठाउँको अभाव थियो ।

भवन उद्घाटन कार्यक्रममा त्यस क्षेत्रका साँसद तारालामा तामाङ्ग भने उपस्थित भएका छैनन् । उनी निर्वाचन क्षेत्र बाहिर भएका बेला मन्त्री बोलाएर भवन उद्घाटन गरिएको छ ।

यस अघि मन्त्री साउँदले साउँदले शुक्लाफाँटा नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गरेका थिए । शुक्लाफाँटाको भवन उद्घाटन गरिएको केही दिनमा उनी पुनर्वास पुगेका छन् ।

शुक्लाफाँटाको प्रशासकीय भवन उद्घाटनका गरी महेन्द्रनगर आएका साउँदले झण्डै दुई महिनादेखि हमासको नियन्त्रणमा भएका विपीन जोशीको घर नगएर उनका आमा बुवलाई होटेलमा भेट्न बोलाएको भन्दै चौतर्फी आलोचना भएको थियो ।

Himal dental
सम्बन्धित
Loading...