
मेयर उपमेयर साप
आफ्नो शरीरको धुलोमैलो टकटक्याउदा फोहरमैला सबै वरपरको समुदायमा मात्रै जान्छ ठान्नु भएछ । आफुपनि त्यही समुदायमा छु भन्ने बिर्सनु भएन । हेक्का रहोस् स्थानीय जनताले मेयर÷उपमेयर जिताएका हुन जे पनि गर्न छुट दिएका हैनन् । आज अन्तराष्ट्रिय अपाङ्गता दिवस आजैका दिन तपाईहरुका एकपछि अर्को गरी हामी अपाङ्गत भएका दम्पतिमाथि बजारीएको प्रहार अहिलेको हाम्रो शाररीक र मानसिक अवस्थाले सकि नसकी सहन विवस छौं । बच्चालाई अस्पतावाट घर ल्याएको भएपनि निको भइसकेको अवस्था हैन् । मुख खोलेर खाना खान सकेको छैन, दुई दाँत टुट्नेवाला छन्, ओट मुख र नाकबाट बेला बेला रगत बगिरहन्छ । दुख्छ होला र घरीघरी रोइरहने गर्छ, हिजोको बच्चा सम्झिदै अहिलेको उस्को अनुहार हेर्न नसकिरहेका यस्तो बेला तपाईहरुको प्रहार सहन प्रयासरत छु ।

त्यो दिनको घटनाबारे मैले फेसबुमा दुख पोख्दा ओरालोको मृगलाई लखेट्न थाल्नु भएछ, दुखद घटनामा मानवताको हिसावले पनि सान्तोला दिन नसक्नेले कतिबेला फोनवाट त्यो स्टाटस हटाईदेउ भन्छौं । त कतिबेला प्रेस विज्ञप्ती भन्दै पानी माथिको ओभानो बन्ने कुचेष्टा गरी भ्रममाथि भ्रम फैलाएर म र मेरो परिवारलाई मार्न खोजिरहेका छौं । आयोजकको बहला दिंदै म माथि बरबराउनुको खास मकमद्द के हो‡ अपाङ्गता एक दुई जनालाई उचालि म माथि खन्याउनुको रहस्या बुझ्न सकेन । साँच्चै देवीदेवता वा भगवान छनभने तपाईको त्यो भूमीमा बगेको हाम्रो रगत, आँशु र बचाँई दऊ भनि मागेको गुहार चिच्याहट अवश्य सुन्नेछन् ।
तपाहरुसँग मेरो लेनदेन केही नभएकाले नाम पनि याद थिएन, सायद त्यो अघि भेट पनि भएको थिएन, अनि रिसिबी हुने कुनै कारण भएन् । तरपनि सार्वजनिक विज्ञप्तीमा चिनेजानेको जस्तै गरि नाम ठेगान खोल्नु भएछ, आफु सुकिलो देखिन मेरो चरित्रहत्या गर्नु भएछ । तपाईको अगाडी हामी अपाङ्गको बच्चा स्कूटरले किचेर भाग्दा अस्पताल पुराइदिनु भनि मागेको गुहार गलत हो भन्यौं ।
घटनाका बेला घाईते बच्चालाई अस्पताल पुराइदिन हामीले रोईकराई गुहारेको चिच्यिाहटले पारी रोडका हिन्दै गरेका मान्छे कलेजभित्र पुगे तर मसँगै एउटै मञ्चको ओल्लोपल्लो कुर्सिमा बसेका मेयर÷उपमेयर सपले थाह पाएन हामीसँग भनेन, सुनेन भन्नुभएछ, त्यो बेला के घाईते बच्चालाई अस्पताल पुराइदिन भनेर तपाईहरुलाई लेखेर निवेदन दिनुपथ्र्योर ? उल्टो मलाई त्यो अपाङ्ग ऐर गलत हो भनी विज्ञप्ती निकाल्नु भएछ । आयोजक भन्दै एक जना झोलेलाई मिडियामा नानाथरी बोल्न लगाउनुभएछ । ओ तमराऊ…। मैले त घाइते बच्चालाई अस्पताल पुराइदिन गुहारेको न थिए । अरु केही मागेको थिएन्, मानवता पनि नभएकाहरु र सत्ताको चरम दुरुपयोग गरेर म एक अपाङ्ग सँग किन यस्तो रडाको ।
द्र्घटनावाट मस्तिज पक्षघात भएर बाँयापट्टीको पुरै शरीर (हातखुट्ट,नाक, कान, आँखा, जिब्रो लगायतका सबै अंग) नचल्ने मलाई मोटरसाईकलमा बच्चा लगेर आफै गयो भनेर विज्ञप्ती निकाले, झुटमाथि झुट जबकी म अपाङ्गता साधन चारपाङ्ग्रे चलाउन्छु । दशपन्ध्र मिनटसम्म कसैले घाईते बच्चा उठाई नदिएपछि मैले चारपाङ्ग्रेमै अस्पताल खोज्दै लगेको हो ।
तपाईहरुसँग त्यो मानवता नदेखिएकोमा अव मलाई थप टर्चर दिने काम बन्द गरि दिनुस् । अन्यथा कानूनी बाटो पहिलाउन बाध्य हुने जानकारीसाथ त्यो दुर्घटनामा साथ सहयोग र बच्चाको स्वास्थ्य लाभका लागि सुभेच्छा प्रकट गर्नुहुने सबैप्रति आभार ब्यक्त गर्दै धन्यवाद ।
भवानी ऐर
धनगढी, कैलाली
