ghar sansar

दोधारा चाँदनीमा नगगरपालिकाका कार्यक्रम बहिस्कार घोषणा गरेका प्रधानाध्यापकले खेलाउँदैछन् सामुदायिक विद्यालयका शिक्षकलाई क्रिकेट

khasi

पप्पु गुरुङ्ग
महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकामा सामुदायिक विद्यालयका शिक्षकहरुको क्रिकेट प्रतियोगिता हुने भएको छ । दोधारा चाँदनी नगरपालिका– १० ओंमकार विद्यालयले नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयहरुको सहयोगमा भोलिदेखि शिक्षकहरुको क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगिता गर्न लागेको छ ।

dirghayi clinic

दोधारा चाँदनीस्थित अम्बिका माध्यमिक विद्यालयका शिक्षक चन्द्रप्रकाश बिष्ट (मिन्टी) का अनुसार आधारभूत तहका दुई विद्यालयको एक टीम बनाएर प्रतियोगिता सहभागी हुने भएका छन् ।

माध्यमिक तहका शिक्षकहरुले आफ्नै बिद्यालयका एक क्रिकेट टिम बनाउन सकिने बताईएको छ । साबिकको चाँदनी गाबिस कार्यालयमा प्राङ्गणमा बुधबारदेखि सञ्चालन हुने भनिएको शिक्षक क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगितामा बिजयता टिमलाई नगद धनराशी तथा ट्रफी प्रदान गरिने ओंमकार आधारभूत विद्यालयका प्रधानध्यापक दिपक चन्द्र ओझाले जानकारी दिएका छन् ।

प्रधानाध्यापक ओझाले केही महिना अघि दोधारा चाँदनी नगरपालिका कार्यालयका खेलकूद सम्बन्धि औपचारिक कार्यक्रम बहिस्कार गर्ने घोषणा गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...