ghar sansar

शारीरिक अपाङता खेलकुद प्रर्वधन समाज कञ्चनपुरको विज्ञप्तिमा पत्रकार महताको आपत्ति

महेन्द्रनगर । शारीरिक अपाङता खेलकुद प्रवद्र्धन समाज कञ्चनपुरले जारी गरेको प्रेस विज्ञप्तीमा पत्रकार विकास महताले आपत्ति जनाएका छन् । विज्ञप्तिमा आफूसित सल्लाह नगरी विना मितिको विज्ञप्तिमा आफ्नो नामा राखिएको भन्दै आपत्ति जनाएका छन् ।

शारीरिक अपाङता खेलकुद प्रर्वधन समाजले मंसिर १५ र १६ गते भीमदत्त नगरपालिका ६ अमिटी कलेजको प्राङगणमा आयोजना गरेको प्रथम सुदूरपश्चिम प्रदेश स्तरिय ह्विलचियर बाँस्केटबल प्रतियोगिता २०८० को समापन कार्यक्रम स्थल नजिक नाबालक २ बर्षिया नाबालक लाई मोटरसाईकलले ठक्कर दिएको प्रकरण बारे प्रकासित गरिएको विज्ञप्तीमा पत्रकार महताले खण्डन गरेका छन ।

शारीरिक अपाङता खेलकुद प्रर्वधन समाजले जारी गरेको उक्त विज्ञप्तीमा पत्रकार महताले आफुसंग सल्लाह नै नगरेर नाम उल्लेख गरेको विषयमा चिन्ता प्रकट गरेका छन् ।

कुनैपनि संघ संस्था,व्यक्तिसंग सल्लाह, समन्वय र अनुमती बिर्नै सिधै नाम उल्लेख गर्न नपाईने भएपछि सो राखेकोमा आफु दुखित भएको बताएका छन ।

शारीरिक अपाङता खेलकुद प्रर्वधन समाज कञ्चनपुरका अध्यक्ष योगेन्द्र खडका हस्ताक्षर गरेको विज्ञप्तीमा पत्रकार महताको नाम अनुमती नलिएर उल्लेख भएकाले सच्याउन समेत अनुरोध गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...