
महेन्द्रनगर । लालझाडी गाँउपालिका ईन्जिनियर राम प्रशाद अवस्थीमाथि कुटपिटमा संलग्न ठेकेदार भीम सेन राना सहित तीन जानले लिखित माफी मागेका छन् । लालझाडी गाउँपालिका २ कञ्जस्थित निर्माणाधिन सडक निरीक्षणका क्रममा मंसिर ११ गते कुटपिट गरिएको १० पछि ठेकदार राना सहित उनका सहयोगी जगदिश राना र नरेश रानाले माफी मागेका हुन् ।
इन्जिनियर अवस्थीले कुटपिटपछि कन्दकला कस्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका सञ्चालक राना सहित तीन जना विरुद्ध अभभ्र व्यवहारमा जाहेरी दिएका थिए । प्रहरीले ठेकेदार रानालाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरि रहेको थियो ।

इलाका प्रहरी कार्यालयमा इन्जिनियर अवस्थी र ठेकेदार रानाबीच मिलापत्र गरी विवाद हल गरिएको छ । प्रहरी कार्यालयमा ठेकेदार रानाले इन्जिनियर अवस्थीमाथि लगाएका आरोप गलत भएको क्षमा मागेका छन् ।
निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरन्जन प्रशाद भट्टको पहलमा मंगलबार भएको छलफलपछि कुटपिट प्रकरण समाधानका लागि ६ बुँदे सहमति भएको थियो ।
