ghar sansar

दोधारा चाँदनीको कमलशा आधारभूत विद्यालयमा २२ लाखमा दुई कोठे भवन निर्माण

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ६ नयाँ गाउँस्थित कमलशा आधारभूत विद्यालयमा दुई कोठे भवन निर्माण  भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत २२ लाख ५० हजारमा दुई कोठ भवन निर्माण गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत ओझाले भवन निर्माणपछि पठनपाठनमा सहज आउने विश्वास व्यक्त गरे ।

दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु र वडा अध्यक्ष ओम बस्नेतले संयुक्त रुपमा भवन उद्घाटन गरेका छन् । कार्यक्रममा वडा अध्यक्ष वस्नेतले वडाको शिक्षा र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिएर योजना निर्माण गरिएको जानकारी दिए ।

Himal dental
सम्बन्धित
Loading...