जनता निराश हुन नदेऊ

एक जनामा फेसबुक प्रयोग कर्ताले आप्mनो फेसबुक वालमा यस्तो लेखे छन् । हिजो राजा र राणाका भाइ भारदरियाहरुका कारण राजा र राणाहरु समाप्त भए जस्तै आज पार्टी र पार्टी नेताका स्वकीय र सचिवालयका कारण नेता र पारर्टीहरु समाप्त हुने चरणमा पुगेका छन् । यस्तै अर्का एक जनाले प्रधानमन्त्रीको सचिवालेमा तलब भत्ता खानेको सूची पोष्ट गरेका थिए । यो सबै कुरो लेख्नुको कारण अहिलेका राजनीतिक दल, तीनका आसेपासे र सरकरीको व्यवहार प्रति जनता आहात भएका छन् र कुनै न कुनै माध्यमबाट आप्mनो आक्रोश पोखि राखेका छन् । राणाकालमा जनताले लामो समयसम्म अन्याय, अत्याचार गरिबी, अभाव, पछौटेपन र चरम निरंकुशता भोग्नु परेकोले राणा शासनबाट आहात भएका थिए । त्यसपछिको पञ्चायतकामा पनि त्यही अवस्था भोग्नु परे पछि पञ्चायती फाले र प्रजातन्त्र ल्याए । प्रजातन्त्र हुदै लोकतान्त्रिक गणतन्त्रको काल सम्म आइपुग्दा पनि जनताका समस्या सम्बोधन हुन सकेन ।

जनताले खोजेको र जनताले चाहेको लोकतान्त्रिक गणतन्त्र आएपछि सुख र समृद्धि आउने अपेक्षा गरेका जनताले फेरि पनि उही गरिबी, अभाव, बेरोजगारी र बेथिति भोग्नुपरेको छ । नेताहरू व्यक्तिगत र दलगत स्वार्थमा लिप्त हुने र जनताको पिरमर्का, दुःख, वेदनाप्रति वास्था नगर्ने गरेकै कारण लोकतान्त्रिक गणतन्त्रका नेतासंग मात्र नभएर लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्नु पर्छ भन्न नि पछि परेका छैनन् । नेताहरु जनताको आशा र अपेक्षाप्रति पनि गम्भीर र जिम्मेवार नबनेकै कारण यस्ता अभिव्यक्तिहरु आउन थालेका हुन । अहिले राजनीतिक दल र दलका नेताप्रति जनतामा वितृष्णा बढ्दै गएको छ । यही मौकामा चौका हान्न उग्रदक्षिणपन्थिहरु तम्सिएका छन् । राजनीति भन्ने कुरा विकास र समृद्धिका लागि हुनु पर्ने हो तर सत्तामा पुगे पछि विर्सिने गरेकै कारण आमजनतामा वितृष्णा, निरासा र आक्रोश देखिएको छ । चुनावका बेला ठूला–ठूला आश्वासन बा“डरे के के न गर्छौ भन्नेहरु सत्तामा पुगे पछि विर्सिन्छन् ।

सबै दलले आ–आप्mना घोषणा पत्रमा नेपाललाई सिंगापुर बनाउने कुरा लेख्छन् । २०७४ को चुनावमा एमाले अध्यक्ष केपी शर्मा ओलीले घर–घरमा ग्यास पाइप बनाउने, काठमाण्डौंमा मेट्रो र मोनो दुवै रेल ५ वर्षभित्र बनाउने, प्रतिव्यक्ति आय ५ हजार डलर बनाउनेजस्ता घोषणा गरेर जनतालाई आस्वाशन दिए तर सत्तामा पुगे पछि सबै समाप्त भयो । माओवादीले धनीका घरजग्गा कब्जा गर्नेदेखि दलाल पु“जीपतिका सम्पति खोस्ने,क्रान्तिकारी भूमिसुधार गर्ने, भूमिहीनले जमिन पाउनेसम्मको गफ दिए । जब सत्तामा पुग्यो कुनै पनि कुरा पूरा भएनन् । कांग्रेस सबै दल भन्दा बढी समय सत्तामा पुगेको छ तर घोषणापत्रमा लेखिएका कुराहरु कहिलै लागु गरेरन । अब चुनावी घोषणापत्र लागू हुने कुनै गम्भीर प्रतिबद्धता नभएर झुटको पुलिन्दा मात्र होभन्ने कुरा जनताले बुझेकै कारण उप निवार्चनमा ठूला दल भन्नेहरुको हविगत के भयो जगजाहेर नै भएको छ । त्यसैले जनता पुराना दलप्रति विश्वस्त हुने ठाउँ देखिँदैन । शुसासनका कुरा गर्ने नेताहरु नै भ्रष्टाचारमा लिप्त हुने गरेका छन् । भ्रष्टाचारका दर्जनौं ठूला काण्ड सार्वजनिक भइराखेका छन् । तयसैले जनतामा निराशा बढदै गएकोले दल र दलका नेताहरुले समयमै सचेत भएर जनतालाई निराश हुन नदेउ ।

सम्बन्धित
Loading...