ghar sansar

महिला प्रधानमन्त्री कप क्रिकेट : समूह ए को पहिलो खेलमा कप्तान विन्दु रावलको उत्कृष्ट ब्याटिङमा कञ्चनपुर विजयी

little buddha academy
khasi

लोकेश जोशी
धनगढी । नेपाल क्रिकेट संघको वार्षिक कार्यतालिकाअनुसार सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले सोमबारदेखी कैलालीको गोदावरी नगरपालिकास्थित तेघरी सैनिक महाविद्यालयको क्रिकेट मैदानमा सुरु गरेको प्रधानमन्त्री कप महिला प्रदेश स्तरीय छनोट टी–२० क्रिकेट प्रतियोगिता–२०८० अन्तर्गत समूह ए को पहिलो खेलमा कञ्चनपुरले कप्तान विन्दु रावलको उत्कृष्ट ब्याटिङ मद्दतले कैलालीलाइ ४ विकेटले पराजित गरी विजयी सुरुवात गरेको छ ।

सोमबार दिउँसो भएको समूह ए को पहिलो कैलालीले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो।फलस्वरूप,कैलालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षती मात्र १२३ रन बनाउन सक्यो ।

,orning glory badhai

ब्याटिङतर्फ कैलालीकि कप्तान रुवि पोदारले ४४ बलमा सर्वाधिक ३३ रन बनाउदा कैलाली टोलिबाट आफ्नो पहिलो खेल खेलेकी माधवी सामन्तले ३३ बलमा उत्कृष्ट २६ रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न नसक्दा कैलाली सस्तैमा समेटिन पुग्यो । बलिङ्गतर्फ कञ्चनपुरकि दीपा जोरा,राधिका पुजारा,रेवती धामी र गङ्गा खड्काले समान १÷१ विकेट लिन सफल भइन ।

१२४ रनको सामान्य विजयी पछ्याउँदै मैदान उत्रेको कञ्चनपुरले निर्धारित २० ओभरको खेलमा १७.४ ओभर खेल्दै ६ विकेटको क्षती १२६ रन बनाउदै रोमाञ्चक ४ विकेटको जित आफ्नो नाम गराउदै प्रतियोगितामा विजयी सुरुवात पनि गर्न सफल भएको छ ।

dirghayi clinic

ब्याटिङतर्फ कञ्चनपुरकि कप्तान विन्दु रावलले २९ बलमा सर्वाधिक ३४ रन बनाउदा रेवती धामीले २३ बलमा १५ रन बनाउन सफल भइन । बलिङ्गतर्फ कैलालीकि लक्ष्मी साउँदले ४ ओभरमा २२ रन खर्चंदै सर्वाधिक २ विकेट लिन सफल हुँदा मनिषा चौधरी र निलम पाण्डेले समान १÷१ विकेट लिन सफल भएपनि आफ्नो टोलिलाइ जित भने दिलाउन सकिनन ।

प्रधानमन्त्री कप महिला प्रदेशस्तरीय छनोट क्रीकेट प्रतियोगिता–२०८० अन्तर्गतको समूह ए को पहिलो खेल कञ्चनपुरले ४ विकेटले जित्न सफल भयो। उक्त खेलकि वुमन अफ दी म्याच कञ्चनपुरकि कप्तान विन्दु रावल घोषित हुन सफल हुँदै नगद एकहजार हात पार्न सफल भइन ।

सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वाशुदेव जोशीको अध्यक्षतामा गरिएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साउँद प्रमुख अतिथि थिए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपक बहादुर सिंह,सैनिक महाविद्यालय तेघरीका कर्नेल आयुशविक्रम राणा विशिष्ठ अतिथि थिए ।

नेपाल क्रिकेट संघका केन्द्रिय सदस्यद्वय धिरेन्द्र सावद र विक्रम बिष्ट, प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष लगायत दार्चुला जिल्ला क्रिकेट संघका अध्यक्ष सहित सहभागी भएको प्रादेशिक त्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टले बताए ।

Himal dental
सम्बन्धित
Loading...