Sarsoti

नेपालमा मानव अधिकार

lotus institute

प्रत्येक वर्ष १० डिसेम्बरका दिन अन्तर्राष्ट्रिय मानव अधिकार दिवस संसारभर विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ । नेपालमा पनि विभिन्न संघ संस्थाले मानव अधिकार सम्बन्धी कार्यक्रमको आयोजना गरेका छन् । स्वाभिमान, स्वतन्त्रता र सबैका लागि न्याय भन्ने नाराका साथ यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवस पनि मनाएका छन् । ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइ रहँदा नेपालको मानव अधिकारको अवस्था कस्तो छ त्यसबारे बिचार विमर्श गर्नु जरुरी छ । अपाङ्गता भएका व्यक्तिहरु, तेस्रो लिङ्गीहरु, महिला, सिमान्तकृत समूदाय, बालवालिका दलित लगायत अधिकांश समुदाय अहिले पनि विभेदमा पर्ने गएका छन् ।

Mahendranagar

मानव अधिकार तपाई हामी सबैका लागि हो र यसको प्रत्याभूति गराउन सक्नु पर्दछ । धर्म, भाषा अथवा लिङ्गका नाममा मानवमाथि हिंसा र आक्रमण भईरहेको पाइन्छ । मानव अधिकारको जति वकाल गरे पनि सबैका लागि मानव अधिकार हुन सकेको छैन । संविधान र कानुनमा मानव अधिकार उल्लंघनलाई जघन्य अपराध मानिए पनि व्यवहारमा लागू हुन सकेको छैन । अझै नेपालमा पनि मानव अधिकारको बलियो जग बसाल्न बाँकी नै छ । मानव अधिकारको उल्लंघन गर्नेहरुलाई कानूनको दायरामा ल्याउन जरुरी छ । संविधानले जातीय भेदभाव र छुवाछुतलाई गम्भीर अपराध मानेको छ ।

morning glory

छुवाछुत र भेदभाव नहुने अवस्था सिर्जना गरी प्रत्येक व्यक्तिको समानता, स्वतन्त्रता र मानव मर्यादाका साथ बाँच्न पाउने हकको संरक्षण गर्ने व्यवस्था संविधानले गरेको छ । तर संविधानप्रदत्त अधिकारभनिए पनि कार्यान्वयन हुन सकेको छैन । तराइका जिल्लाहरुमा बोक्सीको आरोपमा तमाम महिलाहरु माथि हिंसा हुने गरेको छ । सुदूरपश्चिममा रहेको छाउपडी, देउकी प्रथा अहिले हराउदै गए पनि केन्द्रीय राजधानीमा रहेको कुमारी प्रथा कायमै छ । यसको कार्यन्वयनका लागि जिम्मेवार निकाय जबाफदेही हुनु पर्नेमा मुखदर्शक बनेको पाइन्छ । राज्य सबै नागरिकको अभिभावक हो । संविधान र कानुनी व्यवस्थाको उचित कार्यान्वयन सुनिश्चित गर्नु राज्यको दायित्व हो ।

कथित तल्लो जातका भनिएकाहरु र सीमान्तकृत समुदायमाथि स्वयम राज्यले नै भेदभाव गरेको पाइएको छ । कुनै कसुरमा पक्राउ परेकाहरुलाई अहिले पनि कसुर कबुल गराउन हिरासतमा यातना दिने काम हुने गरेको छ । यस्ता अमानविय क्रियाकलापहरु प्रति सरोकारवालाको ध्यान पुगेको पाइदैन । मानव अधिकार दिवस मनाएर मात्र यस्ता विकृतिहरुको अन्त्य गर्न सकिदैन । यस्ता अमानविय क्रियाकलापको रोकथामका लागि र बिभिन्न खाले विभेदको अन्त्यका लागि सबै आआप्mनो ठाउ“बाट संवेदनशील भएर लाग्नु पर्दछ । बिभिन्न वाहानामा गरिने मानव मानवबीचको भेदभाव अन्त्य गर्न कानुनमा होइन हरेकको मानसपटलमा लेखिनु जरुरी छ । परम्परादेखि चलिआएको कथित जाति छुवाछुत संवैधानिक तथा कानुनी रूपमा हटाइएता पनि मानसिक रूपमा हटाउन सकिएको छैन । मानसिक रूपमा यस्ता विभेद उन्मुलन नभए सम्म संविधान र कानुनमा लेखेर उन्मुलन गर्न सकिँदैन ।

saark school
सम्बन्धित
Loading...