ghar sansar

कृष्णपुरमा प्राविधिक क्याम्पस सञ्चालनका लागि सम्भाव्यता अध्ययन सुरु

little buddha academy
khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिकामा प्राविधिक क्याम्पस सञ्चालनका लागि सम्भाव्यता अध्ययन शुरु गरिएको छ । आइतरबार कोरिया सरकारद्वारा सञ्चालित कोइका नेपालका प्रतिनिधि,विज्ञ टिम र सिटीइभिटी नेपाल सहितको टोलीले कृष्णपुर नगरपालिका दुई स्थानमा स्थलगत अनुगमन गरेको छ ।

टोलीले वडा न. ७ र वडा न.५ गरी दुई स्थानमा स्थलगत अनुगमन गरको हो । अनुगमन पश्चात सो टोलीले प्राविधिक कलेज सञ्चनलका लागि कृष्णपुर नगरपालिका उपयुक्त स्थान रहेको भन्दै प्रारम्भिक रिपोर्ट कोरियन सरकारलाई बुझाएर विस्तृत अध्ययनका लागि टोलीले छिट्टै कृष्णपुर नगरपालिकाको भ्रमण गर्ने कोइका नेपालका कन्ट्री डाईरेक्टर विकास रावलले जानकारी दिए ।

,orning glory badhai

उनले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विद्यार्थीलाई लक्षित गर्दै कृष्णपुर नगरपालिकामा प्राविधिक क्याम्पस सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न कोइका नेपालको टिम कृष्णपुर आएको बताए । कोइका नेपालको टोलीमा कन्ट्री डाईरेक्टर विकास रावल,ईन्जिनियर,प्राध्यापक लगायतका सहभागी भएका छन् ।

सुदूरपश्चि प्रदेशमा प्राविधिक विषय अध्ययन गर्ने क्याम्पसको कमी रहेको भन्दै कोइका नेपालले यो प्रोजेक्ट कृष्णपुरमा लागु गरे यसलाई देशकै नमुना प्राविधिक कलेजको रुपमा अघि बढाउने लक्ष्य रहेको कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले बताए ।

dirghayi clinic

नगरप्रमुख ओझाले आफूले स्थानीयहरुसँग पनि छलफल गरिरहेको भन्दै प्रोजेक्टका लागि आवश्यक पर्ने जमिन उपलब्ध गराउन नगरपालिका तत्पर रहेको र नगरबासीहरु पनि अत्यन्तै उत्साहित रहेको बताए । उनले प्राविधिक कलेज स्थापना भए अटोमोटिभ्स मेकाट्रोनिक सँगै अन्य प्राविधिक विषय तर्फका अल्पकालीन र दीर्घकालीन कार्यक्रम पनि लागु गर्न सकिने बताएका छन् ।

स्थलगत अनुगमनमा सिटीइभिटी नेपालका निर्देशक अनुज भट्राई,उप निर्देशक शुशिल श्रेष्ठ,र सिटीइभिटीका सुदूरपश्चिम प्रमुख कल्प बस्नेतको उपस्थिति रहेको थियो । नगरपालिकाको तर्फबाट स्थलगत अनुगमनमा नरप्रमुख हेमराज ओझा,उपप्रमुख द्रोपति राना,विभिन्न वडाका वडाअध्यक्षहरु,इन्जिनियर परराष्ट्र मन्त्री एनपी साउँदका सचिवालय सदस्य राम प्रसाद भट्ट लगायत सहभागी भएका छन् ।

यो प्रोजेक्ट पूर्णतया कोरियन सरकारको लगानीमा बन्नेछ । झण्डै एक अर्ब ३० करोड लगानीमा बन्ने प्राविधिक क्याम्पस निर्माण पश्चात सञ्चालनका लागि नेपाल सरकारको पूर्ण स्वामित्व रहेको सिटीईभिटीलाई हस्तान्तरण गरिने कोइका नेपालका कन्ट्री डाईरेक्टर विकास रावलले बताए । हाल यस्तै प्रकृतिका दुई प्रोजेक्ट महोत्तरीको बर्दिबास र रुपन्देहीको बुटवलमा सञ्चानलमा छन् ।

Himal dental
सम्बन्धित
Loading...