

महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई संविधान चोकमा राजा महेन्द्रको शालिक राख्ने भएपछि महेन्द्रनगर बजारमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् । संविधान चोक सहित मदनचोक, दशरथ चोक, होटेल ओपेरा, सब्जीमण्डी र बजारका सबै गल्लीमा जनपद र सशस्त्र प्रहरी तैनाथ गरिएका छन् ।
राप्रपाले पार्टी कार्यालयमा आमा सभा अघि शालिक पुनस्र्थापन गर्ने तयारी गरेको छ । संविधान चोकमा शालिक राखेपछि आम सभा सुरु हुने बताइएको छ । संविधान चोकमा सुरक्षाकर्मी सुरक्षाकर्मी तैनाथ गरिएका छन् ।


यस अघि केही दिन अघि राप्रपाका कार्यकर्ताले भीम वाटिकामा भीमदत्त पन्तको शालिक तोडफोड गरेपछि प्रहरीको चौतर्फी आलेचना भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कमल थापाले गल्ती स्वीकार गर्दै प्रहरीलाई कारवाही गर्ने प्रतिवद्धता जनाएका थिए । पन्तको शालिक तोडफोडको कमजोरी दोहोरिन नदिन प्रहरीले विहानैदेखि बजारमा उच्च सुरक्षा व्यवस्था अपनाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक थापाले बुधबारउच्च सुरक्षा व्यवस्था अपनाइने बताएका थिए । स्थानीय प्रशासनको निर्देशनमा ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् ।


