


रविन्द्र ओझा
महेन्द्रनगर । स्थानीय प्रशासनले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा कञ्चनपुरले राजा महेन्द्रको शालिक राख्ने भनिएको संविधान चोक सहित बजार क्षेत्रका विभिन्न स्थानमा आवतजावतमा रोक लगाएको छ । ती सबै क्षेत्रमा ठूलो संख्यामा विहानैदेखि प्रहरी तैनाथ गरिएका छन् ।
संविधान चोक सहित दशरथ, मदन चोकमा आवजावत लगायतका क्षेत्रमा आवतजावतमा रोक लगाइएको छ । राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा पार्टी कार्यालय नजिक आम सभा गर्न अघि संविधान चोकमा शालिक राख्ने तयारी गरेको छ ।

