ghar sansar

एमाले अध्यक्ष ओलीमाथि आफ्नै गृह प्रदेशमा आक्रमण प्रयास

little buddha academy
khasi
dirghayi clinic

महेन्द्रनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धनकुटामा आक्रमण प्रयास भएको छ। भोजपुरको कार्यक्रम सकेर धनकुटातर्फ गइरहेका अध्यक्ष ओलीलाई एक व्यक्तिले आक्रमणको प्रयास गरेका थिए।

अतिथि सत्कारको लाइनमा माला लगाउन उभिएका एक व्यक्तिले अध्यक्ष ओलीलाई मुक्का प्रहार गर्ने प्रयास गरेका थिए। तत्काल ओलीका अंगरक्षक र एमाले कार्यकर्ताले रोकेका थिए। लेगुवाका महेश राईले ओलीमाथि आक्रमण प्रयास गरेका थिए। लगत्तै प्रहरीले राईलाई पक्राउ गरी अनुसन्धान सुरू गरेको छ।

Himal dental
सम्बन्धित
Loading...