ghar sansar

बेलौरीमा किसानलाई परिचय पत्र

khasi

महेन्द्रनगर । बेलौरी नगरपालिकाले किसानलाई परिचयपत्र वितरण गरेको छ । बेलौरी नगरपालिकाले किसानलाई परिचयपत्र वितरण गरेको हो।

dirghayi clinic

बुधबार एक कार्यक्रमबिच तरकारी उत्पादक किसानलाई परिचयपत्र वितरण गरिएको छ । बेलौरी नगरका मेयर पोतीलाल चौधरीले तीन वडाका ७५ व्यावसायिक रूपमा तरकारी उत्पादक किसानलाई परिचयपत्र वितरण गरेको बताए । मेयर चौधरीका अनुसार ३, ५ र ९ का तरकारी उत्पादक किसानलाई परिचयपत्र वितरण गरिएको छ ।

स्थानीयसहित धनगढी, अत्तरिया, महेन्द्रनगरसहितका बजारमा आफूले उत्पादन गरेको तरकारी बेच्नका लागि सहज गराउने, किसान पहिचान गर्न, उत्साहित गराउन, तरकारी सहजै बिक्री–वितरणका लागि किसानलाई परिचयपत्र वितरण गरिएको मेयर चौधरीले बताए। किसान परिचयपत्र पाएपछि बेलौरीका किसान हर्षित भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...