
महेन्द्रनगर । भीमदत्त नगरपालिका ११ गड्डाचौकीस्थि सृजनात्मक बचत तथा ऋण सहकारी संस्था लि. कञ्चनपुरको १४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । गड्डाचौकस्थित डामण्ड एकेडेमीमा सम्पन्न सधारण सभाबाट आगामी वर्षको नीति कार्यक्रम र बजेट पारित गरिएको छ ।
सहकारीका अध्यक्ष मदन सिह क्षेत्रीको अध्यक्षतामा गरिएको कार्यक्रममा भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले साधारण सभा उद्घाटन गरे । मेयर बोगटीले सहकारीले अनाथालयलाई सहयोग लगायतका कार्यक्रम गर्दै आएकोमा प्रशंसा गर्दै नगरपालिकाले सहकारीको विकास र प्रवद्र्धनका लागि सहयोग गर्ने बताए ।
उद्घाटन सत्रपछि भएको बन्द सत्रबाट सहकारीको वार्षिक प्रगति, आर्थिक, लेखा परीक्षण लगायतका प्रतिवेदन पारित गरिएका छन् ।
उद्घाटन सत्रमा समाज कल्याण अञ्चल बाल अनाथालयलाई २५ हजार ३ सय १० रुपैँया नगद सहयोग गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि मेयर पदम बोगटीले अनाथालयका अध्यक्ष दयाकृष्ण जोशीलाई सहयोग रकम हस्तान्तरण गरे ।
सहकारीले सबै शेयर सदस्यबाट प्रति महिना २ रुपैँयाका दरले अनाथालयलाई सहयोग गर्दै आएको छ । गत वर्ष २३ हजार १ सय १२ रुपैँया सहयोग गरिएको थियो ।
कार्यक्रममा ज्येष्ठ नागरिक र उत्कृष्ठ कारोबार गर्ने तीन सदस्यलाई नगद सहित सम्मान गरिएको छ । ज्येष्ठ नागरिक राधादेबी ठकुरानी र जुलुम बहादुर महर्जनलाई सम्मान गरिएको छ । यसैगरी उत्कृष्ठ कारोबाुर गर्ने लक्ष्मण सिह नेगी, राज बहादुर चन्द र ज्ञान बहादुर चन्दलाई नगद तीन हजार १ सय रुपैँया सहित सम्मान गरिएको छ ।
उनीहरु सबैलाई कार्यक्रमका प्रमुख अतिथि बोगटी सहित अतिथिहरु भीनपा ४ का वडा अध्यक्ष सुशिल भट्ट, खगेश्वर केसी लगायतले सम्मान प्रदान गरे ।
सहकारीका सचिव कृष्ण बोहराले वार्षिक प्रगति, कोषाध्यक्ष धनन्जय जोशी आर्थिक र लेखा समितिका संयोजक नन्दन सिह धामीले लेखा समितिको प्रतिवेदन प्रस्तत गरे ।
कार्यक्रममा भीमदत्त नगरपालिका ४ का वडा अध्यक्ष भट्ट सहित अनाथालयका अध्यक्ष दयाकृष्ण जोशी, खगेश्वरी केसी, पूर्णिमा कृषि सहकारीका सचिव राज बहादुर चन्द, नेफ्स्कुनका कार्यालय प्रमुख याम बहादुर डाँगी लगायतले शुभ कामना मन्तव्य राखे ।
सहकारीका सचिव कृष्ण सिह बोहराले कार्यक्रम सञ्चालन गरेका थिए । २०६६ देखि कारोबार गर्दै आएको सहकारीमा हाल १ हजार १ सय १० जना शेयर सदस्य छन् । सहकारीमा ३ तीन करोड ६४ लाख ९२ हजार शेयर पूजी पुगेको छ ।
