ghar sansar

दोधारा चाँदनीमा नगर उप प्रमुख छात्रा भलिबल प्रतियोगिता सुरु

little buddha academy
khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकामा नगर उपप्रमुख छात्रा भलिवल प्रतियोगिता सुरु भएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ लक्ष्मी उच्च माबिको खेलमैदानमा आज बिधिवतरुपमा नगर उपप्रमुख छात्रा रनिङ्ग भलिवल प्रतियोगिता सुरु भएको छ ।

नगर खेलकुद बिकास समिति दोधारा चाँदनीको आयोजनामा संचालन गरिएको प्रतियोगिता उद्धघाटन सत्रमा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, नगर उपप्रमुख गंगा देबी जोशी, नगर खेलकुद बिकास समितिका पाधिकारी, बिद्यालयका शिक्षक, बिद्यार्थी, वडाध्यक्ष तथा सुरक्षा अधिकारी सहभागी भएका छन् ।

,orning glory badhai
dirghayi clinic

छात्राहरुलाई खेल प्रति आकर्षण बढाउन तथा खेलबाट नगरको पहिचान बनाउन प्रतियोगिताको उद्धेश्य रहेको बताईएको छ । दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीको चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम अन्तर्गत बिद्यालयमा अध्यनरत माबि स्तरका छात्राहरुको लागी भलिवल प्रतियोगिता सञ्चालन गरिएको नगर खेलकुद बिकास समितिले जनाएको छ् ।

प्रतियोगितामा नगर क्षेत्रका सामुदायिक तथा संस्थागत गरि ११ माध्यमिक तहका बिद्यालयहरु सहभागी रहेका छन् । आज भएको पहिलो खेल ओंम पुष्पाञ्जली र भानु माबि बिच र दोस्रो खेल नोवेल एकेडेमी र जनज्योती माबि बिच भएको छ ।

६ दिनसम्म चल्ने भनिएको प्रतियोगितामा प्रथम हुने बिद्यालयलाई नगद १८ हजार ७ सय ५० रुपैँया, द्वितीयलाई १२ हजार ५ सय र तृतियलाई ६ हजार २ सय ५० रुपैँया तथा शिल्ड, प्रमाण पत्र प्रदान गरिने छ ।

 

Himal dental
सम्बन्धित
Loading...