नियमन आवश्यक

सहकारीमा आबद्ध सदस्यहरुबाट संकलित गरेको निक्षेप पाउन नसके भन्दै सहकारीहरु ठगी गर्न खुलेका हुन भन्ने आभास जनतामा भएको छ र सहकारीबाट ठगिएको भन्दै न्यायका लागि पछिल्लो समय सहकारी विभागमा उजुरी गर्नेको संख््या बढेको पाइएको छ । मुलुकभर चयाउ उम्रेझै खुलेका सहकारीहरुले सर्वसाधारणको करोडौ रकम खाएका छन् । तर सबै सहकारीलाई एउटै घानमा राख्न मिल्दैन ।

कञ्चनपुरका तीन सहकारी उत्कृष्ट काम गरेकोले सम्मानित भएका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेडको २० औ वार्षिक साधारण सभामा कञ्चनपुरका तीन सहकारी संस्था सम्मानित भएका छन् । कञ्चनपुरको सुर्योदय बहुउद्देश्यीय सहकारी संस्था झलारीको सृजनशिल बचत तथा ऋण सहकारी संस्था र बेदकोट नगरपालिका १० को इन्द्रेणी कृषि सहकारी संस्थालाई सम्मान गरिएको छ । अहिलेका सहकारी संस्था जस्तै काम गर्नका लागि धेरै वर्ष पहिले पनि मुलुकमा गुठी, पै“चो, ढुकुटीजस्ता अनौपचारिकरूपमा सञ्चालित वित्तीय कारोबार गर्ने गरि कारोबार हुने गरिन्थ्यो । उहिलेको त्यही कार्यलाई विकसित गर्ने क्रममा अहिले सहकारीको सुरु भएको पाइन्छ । तर सबै सहकारी ठगी गर्दैनन् र ठगी गर्नैकै लागि भनेर खोलिएका सहकारी पनि धेरै छन् ।

janjyoti campus

यीनीहरुले सर्वसाधारणको करोडौ खाइ सकेका छन् र अझै खाइ राखेकै छन् । सहकारी संस्थाको उद्देश्य सहकारी संस्थाबाट महिला सशक्तीकरण, नेतृत्व विकास तथा क्षमता विकास, सामाजिक एकीकरण, उद्यमशीलता प्रवद्र्धन र गरिबी न्यूनीकरणका क्षेत्रमा योगदान दिने हो । सहकारिताका माध्यमबाट समाजमा न्यून आयस्रोत भएका सदस्यको जीवनस्तर उकास्न र व्यापारिक एकाधिकार अन्त्य गर्न, सामाजिक विकृतिको अन्त्य गर्ने सहकारीको मुख्य उद्देश्य हो । तर संस्था सञ्चालक तथा पदाधिकारीले सदस्यलाई सुनियोजित रूपमा उच्च प्रतिफल दिने प्रलोभनमा रकम लामो समयावधि सम्म बचत गर्न लगाउने, संकलित रकम लगेर रातारात भाग्ने घटनाहरुले सिंगो सहकारी क्षेत्रकै बदनाम हुने गरेको छ ।

सर्वसाधारणलाई ठगेका यस्ता संस्थालाई कडा कारबाही गरी कानुनी दायरामा ल्याउन जरुरी छ । जुन उद्देश्यका लागि सहकारी संस्था खोलिए पनि ती उद्देश्य अनुसार कार्य पूरा नहुँुदा तथा नियमनकारी संस्थाबाट आवश्यक प्रभावकारी भूमिका निर्वाह नगर्दा ठगी बढ्दै गएको छ । केही सहकारीहरुको ठगी धन्दाको विगविग भइरहेको बेलामा उत्कृष्ट कार्य गरेकोमा सम्मानित हुनु सहकारी प्रतिको जनभावनामा अनुकुल प्रभाव पार्नमा मदत पुगेको छ । भीमदत्त नगरपालिका ११ गड्डाचौकीस्थि सृजनात्मक बचत तथा ऋण सहकारी संस्था कञ्चनपुरले समाज कल्याण अञ्चल बाल अनाथालयलाई आर्थिक सहयोग गरेको छ । सहकारी संस्थाहरुले यसरी आप्mनो उद्देश्य अनरुप कार्य गर्ने हो भने समाजको विकास र आर्थिक उन्निति सहजै गर्न सकिन्छ । नियमनकारी निकायहरुले पनि सहकारीले आप्mनो उद्देश्य अनुरुप कार्य गरे नगरेको हेर्ने हो र गलत गर्नेलाई दण्डित गर्ने र राम्रो काम गर्नेलाई यस्तै सम्मान तथा पुरुस्कृत गर्नु पर्दछ ।

ghar sansar
सम्बन्धित
Loading...