महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले सिनियर कृषि अधिकृतलाई अन्यत्र पठाएर कृषि ज्ञान केन्द्रमा जुनियरलाई पठाएर निमित्त कार्यालय प्रमुख बनाएको खुलेको छ ।
प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रबाट सातौ तहका गोबिन्द सिजापतिलाई सरुवा गरी निमित्त कार्यालय प्रमुख बनाएको हो । ज्ञान केन्द्रको कार्यालय प्रमुखमा नवौ तहको उप सचिवको दरबन्दी छ । गत वर्षसम्म उप सचिवले कार्यालय हाँकेका थिए ।
कार्यालयका तत्कालिन प्रमुख डा. दिल बहादुर विष्टको अवकाश भएपछि कार्यालयको जिम्मेवारी निमित्तले सम्हाल्दै आएका छन् । अहिलेका कार्यालयका प्रमुख सिजापति भन्दा अघि दुई जनाले निमित्त प्रमुख भएर कार्यालय सञ्चालन गरि सकेका छन् ।
सिजापतिलाई निमित्त प्रमुख बनाउन रणनीतिक रुपमा कृषि ज्ञान केन्द्रमा ल्याइएको हो । उनलाई निमित्त बनाउन डडेल्धुरा कृषि ज्ञान केन्द्रका तत्कालिन प्रमुख राम चन्द्र भट्टलाई सिजापतिको स्थानमा सरुवा गरिएको थियो । आठौं तहका भट्टले ज्ञान केन्द्रमा सरुवा मागेका थिए । ज्ञान केन्द्रमा सरुवा मागेका भट्टलाई कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रमा सरुवा गरिएको छ । तत्कालिन जिल्ला कृषि विकास कार्यालयमा लामो समय कृषि प्रसार अधिकृत भएका थिए ।
ज्ञान केन्द्रमा भट्टको सरुवा रोक्न मन्त्रालयमा कार्यरत आठौै तहका महेशचन्द्र जोशीलाई सरुवा गरिएको थियो । उनी कार्यालयमा हाजिर नभएर मन्त्रालयबाट काजमा उच्च पहाडी फलफूल, काष्ठ फलफूल विकास आयोजना नाफा सरुवा गरिएका भएका छन् । मन्त्रालय स्रोतका अनुसार मुख्यमन्त्री कमल शाहको निर्देशनमा सचिव डा. मदन सिह धामीले सिजापतिलाई ज्ञान केन्द्र सरुवाको चाँजोपाँजो मिलाएका थिए ।
निमित्त प्रमुख सिजापति मुख्यमन्त्री शाहको गृह जिल्लाका हुन् । उनलाई ज्ञान केन्द्रमा सरुवाका लागि काँग्रेस निकट कर्मचारी संगठनका केही नेताले मन्त्रालयसम्म अन्तिमसम्म दौडधुप गरेका थिए । मुख्यमन्त्री शाहसित पहुँच भएका ती नेताको दबावको सिनियरलाई रोकेर जुनियरलाई सरुवा गरिएको थियो ।
मन्त्रालयले आठौं तहका जोशीलाई नाफामा पठाएपछि सिजापतिलाई निमित्त प्रमुख बनाउने मन्त्रालयको नियत प्रष्ट भएको मन्त्रालयका कर्मचारीहरु बताउँछन् । जोशीले ज्ञान केन्द्रमा आएर कार्यालय प्रमुख नहुने चाहना राखेको कर्मचारीहरु बताउँछन् ।
डडेल्धुरा ज्ञान केन्द्रका तत्कालिन प्रमुख भट्टले मन्त्रालयको आदेश अनुसार चल्न नसक्ने देखेर उनलाई तालिम केन्द्र पठाइएको हो । भट्ट नियम कानुन मिचेर कार्यालयका कामकाज गर्न अडान लिने अधिकृतमा पर्छन् । ज्ञान केन्द्रमा पहुँच र भनसुन र कमिसनका आधारमा कृषि अनुदान लगायतका सेवा सुविधा वितरण हुँदै आएको किसानले गुनासो गर्दै आएका छन् ।
कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रमा उप सचिव स्तरका गोकुल बोहरा कार्यालय प्रमुख छन् । गत वर्ष ज्ञान केन्द्रका प्रमुख विष्टले अवकाश लिएपछि बोहरलाई कार्यालय प्रमुख बनाउने चर्चा चलेको थियो । त्यसपछि कार्यालयलाई एक वर्षसम्म निमित्तको भरमा चलाएर फेरि तालिम केन्द्रबाट सातौ तहका अधिकृतलाई पठाएर कार्यालय प्रमुख बनाएको छ ।
तालिमका केन्द्रमा सरुवा गरिएका भट्टले आफूले ज्ञान केन्द्रमा सरुवा मागेको तर मन्त्रालयले तालिम केन्द्रमा सरुवा गरेको बताए । ‘मैले ज्ञान केन्द्रमा सरुवा मागेको थिए, मन्त्रालयले तालिम केन्द्रमा पठाई दियो, किन मलाई त्यहाँ गरेन, यहाँ ग¥यो, यो मन्त्रालयको विषय हो’ उनले भने ।
तत्कालिन पशु सेवा विकास कार्यालयमा लामो समय कार्यालय प्रमुख बसेका डा. धामी अहिले मन्त्रालयको सचिव छन् । मन्त्रालयका सचिव धामी सरुवामा सिनियर जुनियर नभएर विज्ञता र डिग्री हेरिएको बताउँछन् ।
‘१० कक्षा पास भएर जेटिए पढेकालाई हाकिम बनाउनु भएन, विज्ञता हे¥यौ, डिग्री हे¥यौ’ उनले भने,‘त्यस आधारमा सरुवा गरी पठाएका छौ ।’
उप सचिव दरबन्दीको पूर्तिका लागि भने कर्मचारी नभएको उनले बताए । तालिम केन्द्रमा उप सचिव बोहरालाई सरुवा गरी कार्यालय प्रमुख किन नबनाएको भन्दा ज्ञान केन्द्रको उप सचिव भन्दा तालिम केन्द्रको उप सचिव सिनियर भएको सचिव धामीले बताए ।