छाडा चौपाया व्यवस्थापनको नौटङ्कीमा रमाएका मेयर

lotus institute

महेन्द्रनगर । भीमदत्त नगरपालिकाको नेतृत्व मेयर पदम बोगटीले सम्हालेको डेढ वर्ष पुगेको छ । काँग्रेसका जिल्ला सभापति बोगटी स्थानीय तह निर्वाचनमा फराकिलो मत अन्तरले निर्वाचित भएर मेयर भएका हुन् । डेढ वर्षेमा मेयर बोगटी चुनावी वाचा अनुसार काम गर्न अक्षम भएको आरोप खेप्न थालि सकेका छन् ।

केहीले मेयर बोगटीलाई स्लिपिङ्ग मेयर भन्दै आलोचना समेत गर्न थालेका छन् । मेयर बोगटीको पार्टी काँग्रेसका नेता कार्यकर्ता समेत असन्तुष्ट छन् ।

morning glory

मेयर बोगटीले चुनावमा मुख्य एजेण्डा बनाएको छाडा चौपाया व्यवस्थापन गर्न असमर्थ भएका छन् । चौपाया व्यवस्थापनलाई लिएर वासिन्दाहरु दबाव दिनु पर्ने अवस्थामा पुगेका छन् । सोमबार भीमदत्तका विभिन्न वडाका वासिन्दाले चौपायालाई नगरपालिका कार्यालय पुगेका छन् ।

खेतबारी जोगाउन नसकिने भएपछि उनी चौपाया लिएर नगरपालिका आएका छन् । यस अघि गत वर्ष पनि चौपाया लिएर नगरपालिका आएपछि व्यवस्थापनका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट घाँस काटेर संकलन गरिएको थियो । नगरपालिकामा राखिएको घाँस कुहिएर चौपायाले खान नसकिने भएको छ । शुक्लाफाँटामा चौपायाका लागि घाँस काट्न सहयोग गरेका स्वतन्त्र अभियन्ता कृष्णदत्त जोशी बोक्सरले अहिले आफूलाई घाँस काटेको सम्झेर दुःख लागेको बताए ।

Mahendranagar

‘त्यो बेला चौपाया व्यवस्थापन गर्छौ, त्यसका लागि घाँस चाहिन्छ भनेपछि म पनि त्यहाँ गएको थिए, घाँस काट्दा हातमा ठेला परे, त्यो घाँसलाई लिएर नगरपालिका राखिएको छ, घाँस पनि कुहि सक्यो’ उनले भने,‘चौपायाको हालत जस्ताको त्यस्तै छ, त्यो घाँस काटेको सम्झदा मलाई त दुःख लाग्छ ।’

भीमदत्तका स्थानीयले चौपाया नगरपालिका पुगाएपछि एक अनलाइनले मेयर बोगटीले चौपाया व्यवस्थापनका लागि गरेको दौडधुप गरेको समाचार प्रकाशन गरेको छ । त्यस अनलाइनमा उल्लेखित समाचार अनुसार चौपाया व्यवस्थापनमा मेयर बोगटीले डेढ छलफल र गोष्ठीमा बिताएका छन् । डेढ वर्षसम्म उनले चौपाया व्यवस्थापनका लागि टहरा बनाउन चाहिने जग्गा खोज्न समेत सकेका भीछैनन् ।

भीमदत्तमा अघिल्लो कार्यकालमा चौपाया व्यवस्थापनका लागि निर्माण गरिएका संचरनालाई लिएर आलोचना भएपछि बोगटीले ती संरचनालाई अलपत्र छाडेर नयाँ बनाउने जुक्ति निकालेका थिए । जग्गा खोजी गरी त्यसमा टहरा बनाएर चौपाया राख्ने उनको जुक्ति सफल हुन सकेको छैन ।

त्यस बाहेक चौपाया व्यवस्थापनका लागि उनको अधिकाँश समय छलफल बितेको छ । उनी गौशाला व्यवस्थापनका लागि गौ संरक्षण अभियानका अभियान्ता योगी पिताम्बर, हरिशरण महाराज लगायतसित भेटघाट गर्न छाडेका छैनन् । हालसम्म बेदकोट, भीनपा ७, ब्रह्मदेब र भीनपा १३, भीनपा १० लगायतका स्थानमा चौपाया व्यवस्थापन गर्न छलफल गरिएको छ ।

भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले चौपाया व्यवस्थापनका लागि नगरपालिकालाई सबैको सहयोगको समेत आवश्यकता रहेको नगर प्रवक्ता महेन्द्र खड्काले बताए । ‘चौपाया व्यवस्थानका लागि नगरपालिकालाई सबैको सहयोगको खाँचो र यो समस्यामा राजनीति आग्रह गर्छु’ उनले भने ।

saark school
सम्बन्धित
Loading...