ghar sansar

जनताको सुरक्षा गर

little buddha academy
khasi

भारतीय जंगलसंग जोडिएको बस्ती दोधारा चाँदनी नगरपालिका वडा नं. ३, बडुवाल टोलमा दैनिकरुपमा रातीको समयमा निस्कने जंगली हात्तीको आतंकले हैरान मात्र नभई स्थानीलाई आजित बनाएको छ । हात्तीको बथान आएर घरमा तोडफोड गर्न थालेसंगै मौका परेको बेला मानवीय क्षति समेत गर्ने भएका कारण स्थानीय त्रसित र भयभित हुने गरेका छन् ।

हात्तीको आतंकका कारण उनीहरु रातभर जाग्राम बस्न बाध्य भएका छन् । नेपाल—भारत सीमासंग जोडिएको बडुवाल टोलमा भित्रिने दर्जनौ हात्तीको बथान धपाउन र वन्यजन्तुको आक्रमणबाट जोगिन रातभर जाग्राम बस्नु रिेको हो । मध्यरातमा बस्तीमा पसेर घर भत्काउने, घरमा भएका खाद्यान्न तथा लत्ताकपडा नष्ट गर्न थाले संगै स्थानियहरुले केही दिन अघि बस्तीमा गणेश भगवानको पुजा आराधान समेत गरेका हुन् । जे गरे पनि उनीहरु राती सुत्न पाउने र निर्धक्कसंग वस्न पाउने अवस्था छैन ।

,orning glory badhai
dirghayi clinic

बडुवाल टोलमा बिगत लामो समयदेखि मानव तथा वन्यजन्तु द्वन्द चलिरहेको छ । बडुवाल टोलमा यसै साता विज्ञ टोली पुगेर अनुगमन पनि गरेको छ । मानव तथा वन्यजन्तु द्वन्द व्यवस्थापन विज्ञ टोलीले स्थानीयसित हात्ती आतंकको अवस्थाबारे जानकाी लिएको छ । विज्ञ टोलीले जंगली हात्ती बस्ती भित्रिने बाटो, क्षति गरेको अवस्था लगायत स्थानको स्थलगत अनुगमन समेत गरेको छ । तर स्थानीयहरु हात्ती धपाउन बस्तीका युवायुवती हातमा लाठी लिएर, आगोको धुनी बालेर जाग्राम बस्नु पर्ने अवस्थाको अन्य होला जस्ता लाग्दैन । बडुवाल टोलमा बर्षेनी जंगली हात्तीले ठूलो धनमालको क्षती गर्दै आएको भए पनि सरकारले हात्ती रोकथामको कुनै दिर्घकालिन योजना नबनाएको स्थानीयबासीले गुनासो गर्दैै आएका छन् ।

जंगली जनावरको आक्रमणबाट पीडित बनेका स्थानीय हात्तीको आक्रमणबाट बच्न दिर्घकालीन उपाय खोज्न आग्रह गरेका छन् । जंगली हात्तीको आतंकले बडुवाल टोल लगायत आरक्षसंग जोडिएका सबै जसो वस्थिमा स्थानीयले सास्ती खेप्नु परि राखेको छ । शुक्लाफा“टा नगरपालिका क्षेत्रका बासिन्दाले पनि हात्तीको आतंकबाट ठूलो क्षेति व्यहोरेका छन् । हात्तीको बथानले दैनिक ग्रामीण क्षेत्रमा प्रवेश गरेर घर भत्काई भण्डारण गरेको अन्न खाइदिनुका साथै लत्ता कपडा र भा“डाकुँडासमेत नोक्सानी गर्दै आएका पाइन्छ । तर हात्ती रोक्ने उपाय खोजी समाधान गर्न तर्फ सरकारको ध्यान गएको पाइदैन ।

वर्षौदेखि निकुञ्जको मध्यवर्ती क्षेत्रमा हात्तीको झुण्डले खेतबारीमा लगाएको धान र गहुँबाली नोक्सान गर्दै आएको छ । तर सरकार बेखबर जस्तै देखिन्छ । सरकारले चासो देखाएको खण्डमा मानव तथा वन्यजन्तु द्वन्द व्यवस्थापन विज्ञ टोलीसंगको परामर्शमा समध्याको समाधान खोज्न सकिन्थ्यो । हात्तीका लागि बस्ने ठाउँ, हिँडडुल गने कोरिडोर अप्रर्याप्त भएका कारण हात्तीले मानिसमाथि आक्रमण गर्ने गरेको विज्ञहरुको भनाइ छ । हात्तीको हिड्ने बाटोमा अवरोध भएका कारण पनि हुन सक्छ । हात्तीहरुले जहा एक जंगलबाट अर्को जंगल जादा बीचमा मानव बस्ती पर्छ त्यहाको वस्तीलाई अनेत्र व्यवस्था पन गरेर भए पनि समस्याको दीर्घकालिन समाधान सरकारले खोज्नु पर्छ ।

Himal dental
सम्बन्धित
Loading...