ghar sansar

सुदूुरपश्चिमको कृषिमा यान्त्रिकरण बढ्यो, सरकारी अनुदान पाउने किसान न्यून

महेन्द्रनगर । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय कृषि गणना, २०७८ को सुदूरपश्चिम प्रदेशको तथ्याङ्क सार्वजनिक गरेको छ। धनगढीमा शुक्रबार आयोजित कार्यक्रममा कृषि गणना, २०७८ अनुसार सुदूरपश्चिममा ४ लाख ५७ हजार ७५६ किसान परिवारले १ लाख ९२ हजार ८८५ हेक्टरमा खेती गरेको जानकारी दिइएको छ।

नेपालमा कुल सिञ्चित क्षेत्रफल ५४ दशमलव ५ प्रतिशत देखिएकामा सुदूरपश्चिममा ६० प्रतिशत सिँचाइ सुविधा उपलब्ध भएको जनाइएको छ ।

lotus institite

नेपालमा सिँचाइ सुविधा लिएका परिवार ७० प्रतिशत देखिएकामा सुदूरपश्चिममा ७६ प्रतिशत परिवारले सो सुविधा पाएको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक बद्रीकुमार कार्कीले बताए ।

daimond public

सुदूरपश्चिममा धान १ लाख ८ हजार ८ सय, मकै २३ हजार ७३ र गहुँ १ लाख ४ हजार ५७३ हेक्टर क्षेत्रफलमा खेती गरिँदै आएको तथ्याङ्कमा उल्लेख छ । सुदूरपश्चिममा आँप ३ सय, केरा ७०५, सुन्तला ३९३, कागती १८१ र स्याउ १३९ हेक्टरमा खेती गरिएको जनाइएको छ ।

सार्वजनिक तथ्याङ्क अनुसार पछिल्लो समयमा सुदूरपश्चिममा कृषि कार्यका लागि ट्रयाक्टर, पावरट्रेलर प्रयोग गर्ने किसानको संख्या बढ्दै गएको छ भने कृषि ऋण लिने, कृषि बीमा गराउने र सरकारी अनुदान लिने किसानको संख्या न्यून रहेको छ ।

सुदूरपश्चिममा मुख्य कृषकमा पुरुष र महिलाको प्रतिशत क्रमशः ६१ दशमलव ८ र ३८ दशमलव २ रहेको छ भने वर्षभरि खान पुग्ने बताउने किसानको प्रतिशत ४० दशमलव १ रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

उक्त तथ्याङ्क सार्वजनिक कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव तोयम रायले कृषि क्षेत्रमा सुधार गर्ने योजना तर्जुमा गर्न राष्ट्रिय कृषि गणना, २०७८ को नतिजा फलदायी हुने बताए ।

उनले कृषि क्षेत्रमा लगानी गरेर उत्पादन बढाउनेतर्फ लाग्नुपर्ने बताए । नतिजा सार्वजनिक कार्यक्रममा विगतको गणनाभन्दा यस गणनामा सबैभन्दा बढी क्षेत्रफलमा तरकारी बढेको देखिएको जानकारी दिइएको छ।

Himal dental
सम्बन्धित
Loading...