ghar sansar

दोधारा चाँदनीमा नोबेल एकेडेमीलाई नगर उप प्रमुख छात्रा भबिललको उपाधि

little buddha academy
khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकामा नगर उपप्रमुख छात्रा रनिङ्ग भलिबल प्रतियोगिता सकिएको छ । दोधारा चाँदनी नगरपालिकामा जारी नगर उपप्रमुख छात्रा रनिङ्ग भलिवल प्रतियोगिता सम्पन्न भएको आयोजक संस्था नगर खेलकुद बिकास समिति दोधारा चाँदनीका अध्यक्ष दिवान चन्दले जानकारी दिएका छन् ।

दोधारा चाँदनी नगरपालिका नगर उपप्रमुख गंगा देबी जोशीको चालु आर्थिक वर्षको निती, योजना तथा कार्यक्रम अनुसार दोधारा चाँदनी नगरपालिकाका सामुदायिक तथा संस्थागत बिद्यालयका माध्यमिक बिद्यालय तहका छात्राहरुलाई समेटेर छात्रा भलिवल रनिङ्ग प्रतियोगिता संचालन गरिएको हो । प्रतियोगितामा नोबेल एकेडेमी प्रथम, शारदा सरस्वती माबि द्वितीय र शंकर पार्वती माबि तृतिय भएका छन् । प्रतियोगितामा नगरका ११ सामुदायिक तथा संस्थागत बिद्यालय सहभागी भए ।

,orning glory badhai

dirghayi clinic

६ दिन सम्म सञ्चालन भएको प्रतियोगितामा नोबेल एकेडेमी प्रथम, शारदा सरस्वती माबि द्धितिय र शंकर पार्वती माबि तृतिय भएका विद्यालयलाई क्रमशः १८ हजार ७ सय ५० रुपिँया, रु. १२ हजार ५ सय र नगद रु. ६ हजार २ सय ५० रुपिँया तथा शिल्ड, प्रमाण पत्र प्रदान गरिएको आयोजक संस्था नगर खेलकुद बिकास समिति दोधारा चाँदनीले जनाएको छ् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी र सहयोगीहरुलाई समेत सम्मान गरिएको थियो । दोधारा चाँदनी नगरपालिका– ७ लक्ष्मी उच्च माबिको खेलमैदानमा संचालन भएका नगर उपप्रमुख छात्रा रनिङ्ग भलिवल प्रतियोगिता भब्यताको साथ सम्पन्न भएको आयोजक संस्थाले जनाएको छ् ।

नगरपालिकाका नगर उपप्रमुख गंगा देबी जोशीको वार्षिक योजना तथा कार्यक्रम अनुसार छात्राहरुलाई खेल प्रति उनिहरुको भविष्य उकास्न सहयोग हुने उद्धेश्यले बिभिन्न कार्यक्रमहरु संचालन हुदै आएको छ् । नगरउपप्रमुख गंगा देबी जोशीले खेलकुदको विकास संगै महिलाहरुको आर्थिक बिकासका आफु लागि परेको बताइन् ।

 

Himal dental
सम्बन्धित
Loading...