महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने दोधारा चाँदनीमा आउने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने आउदो १८ गते दोधारा चाँदनी नगरपालिका क्षेत्रमा आउने कार्यक्रम तय गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापती पुरन कुमालले जानकारी दिएका छन् ।
सम्भवत दोधारा चाँदनी नगरपालिकामा हुने कार्यक्रम सम्बोधनका लागि आउने भएका छन ।कार्यक्रम सम्भवतल् वडा नं. ७ कञ्चनभोज क्षेत्रमा हुने छलफल थालिएको छ ।
पार्टीको नेता, कार्यकर्ता तथा स्थानियहरुलाई भेटमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने दोधारा चाँदनी आउने राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापती पुरन कुमालले बताएका छन् ।
उक्त समयमा दोधारा चाँदनी नगरपालिका क्षेत्रका थुप्रै स्थानियहरुलाई पार्टीमा प्रबेश कार्यक्रम रहेको बताईएको छ् । कार्यक्रमलाई भब्य, सभ्य बनाउन तयारी सुरु गरिएको छ् ।
शुदुरपश्चिममा आउदो १८ र १९ गते दुई दिनको लागी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने आउने कार्यक्रम रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ् ।