ghar sansar

मेरो पहिलो शैक्षिक भ्रमण अनुभव

–कुन्दन जोशी

मेरो नाम कुन्दन जोशी हो र म कक्षा ७ मा पढ्छु । म मेरो विद्यालयदेखि पिकनिकमा गएको थिए टिकापुर कैलाली । मेरो विद्यालयको नाम श्री राष्ट्रिय बल विद्यालय हो । म २०८० पुस ६ गते शनिबारका दिन गएको थिए । हामीहरु बिहान ८ः०० बजे गएका थियौ । साथीहरुसंग धेरै रमाइलो गरे टिकापुरमा । मैले मेरो साथीहरुसंग फोटो खिचे र मैले थाह पाएकी टिकापुर पार्क लगभग १५० हेक्टरमा फैलिएको छ । टिकापुर पार्कको पछाडि नै नेपालको सबैभन्दा लामो नदी कर्णाली पनि देख्यो । साथै नदीमा धेरै मान्छेहरु माछा पक्रदैँ थिए । नाउ चलाउँदै थिए । मलाई टिकापुर् पार्क अत्यन्तै सुन्दर लग्यो ।

टिकापुर पार्कमा १०० भन्दा बादी गुलाब प्रजाति पाईने रैछन् र टिकापुर पार्कलाई नेपालको ग्रेअफ गार्डेन भनेर पनि चिनिन्छ । थाहा पाएकी यहाँ राजा महेन्द्र निको भएको घर पनि देखे । राजा बिरेन्द्रको विश्राम गर्ने घर पनि देखे । यो देखेर थाह पाएकी बि.सं २०२४ सालमा राजा महेन्द्र यहाँ शिकार खेल्न आएका थिए । उनलाई मुटुको बिरामी भयो र यहाँका जडिबुटीले राजा महेन्द्रको लागि दबाई बनाएको थियो । त्यसै गरी म र मेरा साथीहरु घुम्न थाल्यौ । हामीले अत्यन्तै रमाइलो गरे र“सर र मेडम र साथीहरुले“ मिलेर खाना पकायौ । खाना खाई सकेपछि हामी एक पल्ट फेरि पार्क घुम्न गयौ । त्यसपछि हामीहरु गए पिकनिक पोटमा । त्यसै गरी हाम्रो टिकापुरको पिकनिक समाप्त हुन्छ । हामी फर्किए घरतिर र हामी बाटोमा अघि जस्तै बसमा रमाइलो गर्दै घर फर्कन्छौ । हामी बीच बाटोमा रोकेर घोडाघोडी ताल पनि घुम्यौ । घोडाघोडी ताल घुमेपछि हामी घर फर्कियौ । हामी टिकापुरदेखि दिउँसो ३ः०० बजे घर फकियौ । म घर साँझ ६ः०० बजे पुग्छु । सै गरी मेरो पहिलो विद्यालय भ्रमण सफल रहन्छ ।
धन्यवाद !

Himal dental
सम्बन्धित
Loading...