ghar sansar

लगानी सम्मेलनका काठमाडौंमा उद्योगपति चौधरीसित छलफल, सुदूरपश्चिममा लगानी गर्न आग्रह

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले लगानी सम्मेलनका लागि उद्योगपति विनोद चौधरीसित छलफल गरेका छन् ।

मुख्यमन्त्री शाह सहित भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश, आर्थिक मामिला मन्त्री नरेश शाहीले काठमाडौंमा छलफल गरी लगानी सम्मेलनका लागि सुझाव लिएका छन् । उनले चौधरीसित सुदूरपश्चिममा लगानीका लागि आग्रह गरेका छन् ।

,orning glory badhai
dirghayi clinic

मुख्यमन्त्री शाहले संघीय सरकारले आवश्यक कानुन निर्माण नगरिदिँदा प्रदेश सरकारलाई काम गर्न केही कठिनाई भएपनि प्रदेश सरकारका तर्फबाट उद्योगी व्यापारीलाई लगानी गर्न कुनै अफ्ठ्यारो नपार्ने बताए ।

‘हामी अधिकारका लागि संघीय सरकारसँग लडिरहेकै छौं । जसरी हुन्छ संविधानले दिएको अधिकार प्रदेशले पाउन हामी निरन्तर संघसँग संवादमा छौं,’ उनले थपे, ‘तपाईंले व्यक्तिगत र अन्य देशभित्र र बाहिरका लगानीकर्तालाई सुदूरपश्चिममा लगानीका लागि आकर्षित गर्न सहयोग गरि दिनुस् ।’

प्रदेश सरकारले आगामी फागुन २३ र २४ गते धनगढीमा लगानी सम्मेलन गर्न लागेको छ । कांग्रेसका प्रतिनिधि सभा सदस्य उद्योगपति चौधरीले सुदूरपश्चिम अत्यन्तै सम्भावना बोकेको क्षेत्र भएपनि सरकारकै कारण पछाडि पारिएको बताए ।

Himal dental
सम्बन्धित
Loading...