ghar sansar

बचतकर्ताको दुई करोड फिर्ता नगरी समावेशी बहुउद्देश्यीय सहकारीको कार्यालय बन्द

महेन्द्रनगर । भीमदत्त नगरपालिका १५ की कमला डाँगालाई बचत फिर्ताका लागि समावेशी बहुउद्देश्यीय सहकारी संस्था लि. धाउन थालेको महिनौ भयो । कस्मेटिक पसल चलाउँदै आएकी डाँगाले छोराको शुल्कका लागि सहकारीमा ७० हजार भन्दा बढी बचत गरेकी छन् । दुई वर्षदेखि बचत गर्दैे आएकी उनी अहिले फिर्ताका लागि नियमति सहकारी कार्यालय धाउँदै आएकी छन् । 

‘आज दिन्छौ, भोलि दिन्छौ, पर्सि दिन्छौ भन्दाभन्दै अहिलेसम्म दिएको छैन’ उनले भनिन्,‘अब ब्याज स्याज केही चाहिएन, बरु दुई चार हजार छाडेर पाए पनि हुने थियो ।’

बचतकर्ताको बचत फिर्ता नगरी महेन्द्रनगर बजारको संविधान चोकमा कार्यालय भएको समावेशी बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालय तीन महिनादेखि बन्द गरिएको छ । बचतकर्तालाई तीन महिनाभित्र सबै बचत फिर्ता दिने आश्वासन दिएर कार्यालय बन्द गरिएको छ ।

तीन महिना अघिसम्म दैनिक कार्याय धाउने बचतकर्ताहरु अहिले दैनिक रुपमा सहकारीका सञ्चालक र कर्मचारीलाई फोन गरी बचत फिर्ताको अनुयन गर्दै आएका छन् ।

कार्यालय बन्द गरी फरार सञ्चालकमध्ये कोही उनीहरुलाई बचत फिर्ता गर्ने र कोहीले आफ्नो बदनाम गरे ठिक नहुने भन्दै धम्की दिई रहेका छन् । बचत फिर्ताको चिन्ताले पिरोलिएका बचकर्ताहरु सञ्चालकहरुको ठिक नहुने धम्कीले आत्तिन थालेका छन् ।

‘कार्यालय बन्द भएपछि सञ्चालकहरुलाई फोन गरि रहेका छौ, उनीहरुमध्ये कोही त फिर्ता गरौला भन्दैछन्, कोही त मिडिया कहाँ गयौ भने ठिक हुने छैन भन्दै छन्, बचत फिर्ता मात्रै होइन, हामीलाई अहिले आफ्नो पैसा फिर्ता गर्न पनि बोलाउन डराउनु पर्ने अवस्था आएको छ’ एक बचतकर्ताले भने ।

बचतकर्ताहरुले केहीले जिल्ला प्रहरी कार्यालय पुगेर उजुरी दिएका छन् । प्रहरीमा उजुरी परेपछि सहकारीले गत असोजमा मंसिरभित्र सबैको बचत फिर्ता गर्ने आश्वासन दिएको थियो । सहकारीले आश्वासुन दिएको एक महिना बढी हुँदासम्म फिर्ता नभएपछि बचतकर्ताहरु चिन्तामा छन् ।

सहकारीबाट २ लाख ५० हजार बचत फिर्ता लिन हार गुहार गरि रहेकी भीमदत्त नगरपालिका १८ का पुष्पा धामीले धेरै बचतकर्ताहरु प्रहरी कार्यालयम पुगेको बताइन् । प्रहरी कार्यालयसम्म पुगेर पनि उजुरी नदिएकी उनले सहकारीको आश्वासन अनुसार बचत फिर्ता पाउने आश लिएको बताइन् ।

समावेशी बहुउद्देश्यीय सहकारीले महेन्द्रनगर बजार सहित आशपासका क्षेत्रका एक हजार सात सय बचकर्ताबाट संक्लन गरिएको २ करोड बढी बचत रकम फिर्ता गर्न बाँकी छ । गत असोजमा बचतकर्ता  बचत फिर्ताका लागि दैनिक कार्यालय आउन आउन थालेपछि कार्यालय बन्द गरिएको थियो ।

सहकारीले बचत फिर्ता नगरेपछि बचतकर्ताहूरुले आक्रोशित भएर सहकारीका कर्मचारीमाथि हातपातसम्म गरेका थिए । सहकारीले त्यससपछि प्रहरी कार्यालयमा बचतकर्ता विरुद्ध उजुरी दिइएको थियो । प्रहरी कार्यालयमा उजुरी परेपछि सबै बचतकर्ता प्रहरी कार्यालय पुगेका थिए ।

यो सहकारीले अन्य बजार प्रतिस्पर्धाका लागि महँगो खालको पास बुक छपाई र कर्मचारीलाई पोशाक दिएर आफूलाई स्थापित गराउने प्रयास गरेको थियो । शेष्र सदस्य र बचताकर्ताको रकमलाई सहकारीका सञ्चालक र काठमाडौंको सहकारीमा लगानी गरेपछि सहकारी बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेको एक शेयर सदस्यले बताए । शेयर सदस्यबाट ऋण अशुली ढिलाई भएपछि सहकारी बचत फिर्ता नगरी समस्याग्रस्त हुने थालेको थियो ।

भीमदत्त नगरपालिकाका वासिन्दा सहकारीका अध्यक्ष मधु भट्ट कार्की काठमाडौंमा बस्छिन् । अध्यक्ष कार्की सहित केही शेयर सदस्यको काठमाडौंको सहकारीसित सम्बन्धका कारण ऋण लगानी गरिएको उनीहरुको भनाई छ । बचतकर्ताले अध्यक्ष कार्कीले बचतकर्ताको फोन समेत रिसिभ नगरी आलटाल गर्दै आएकी छन् ।

सहकारीले बचकर्ताको मात्रै कर्मचारीहरुको तलब दिएको छैन । सहकारीमा सात जना कर्मचारी कार्यरत थिए  । सहकारीका सञ्चालकहरुका अनुसार सहकारीले वार्षिक रुपमा तीन करोड हारारहारी कारोबार गर्दै आएको थियो ।

सहकारीका सचिव अरुण विष्टले बचतकर्तालाई दुई करोड फिर्ता गर्न बाँकी रहेको र त्यसमध्ये अधिकाँश बचतकर्तालाई फिर्ता गरिएको दावी गरे ।

‘अहिले धेरैको बचत फिर्ता गरि सक्यौ, अरुको पनि गर्छौ, सबै जनाको फिर्ता गर्छौ’ उनले भने,‘कति जनाको फिर्ता ग¥यौ, कति जनाको बाँकी छ, त्यो सबै पत्रकार सम्मेलन गरेर जानकारी दिन्छौ ।’

पत्रकार मोहन विष्टसित कुराकानी सचिव विष्टले सहकारीले दुई करोड १० लाख ऋण लगानी गरेको बताएका छन् । उनले पत्रकार विष्टसित कुराकानीमा बचत फिर्तामा गलत नियत नराखिएको बताए ।

सहकारीले आश्वासन अनुसार बचत फिर्ता नगरी कार्यालय बन्द भएपछि बचतकर्ताहरु प्रहरी सहित विभिन्न निकाय गुहार्न पुगेका छन् । कार्यालय बन्द भएपछि सम्पर्क गर्न समस्या भएको उनीहरु बताउन थालेका छन् । ‘अफिस बन्द भएपछि कन्टयाक्ट नै छैन’ बचतकर्ता पुष्पराज जोशीले भने । जोशी १८ हजार बचत फिर्ता लिन बाँकी रहेको बताउँछन् ।

 

Himal dental
सम्बन्धित
Loading...