ghar sansar

प्रचण्डको एक वर्ष

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक मुलुकको नेतृत्व सम्हालेको एक वर्ष पुरा भएको छ । गत वर्ष पुस १० मा सत्तारोहण गरेका प्रचण्डको एक वर्षीय कार्यकालको समीक्षा भइरहेको बेला प्रचण्डले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा देश र जनताका नाममा सम्बोधन गरेका छन् । सरकारको कार्यशैली पनि सन्तोषजनक नभएको स्वीकारोक्तिसहित यही साताबाट प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्ने उनले बताए । राष्ट्रिय गौरव र रूपान्तरणकारी आयोजनाहरूको काममा ढिलासुस्ती भइरहेकोले देशले थप आर्थिक व्ययभार व्यहोर्नुपरेको पनि बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्पादनमा आधारित अनुदान प्रणाली लागु गर्न थालेको जानकारी दिनुभएको छ । प्रधानमन्त्री प्रचण्डले सहुलियत दरमा कृषि ऋण वास्तविक किसानसम्म पु¥याई कृषि क्षेत्रमा उपलब्ध गराइएका अनुदानहरूलाई यसै आर्थिक वर्षभित्र एकीकृत गरी आगामी वर्षदेखि किसानको सूचीकरणका आधारमा अनुदान तथा मल वितरण गर्न सुरु गरिने पनि बताए । किसानहरूलाई समयमै ४ लाख १ हजार मेट्रिक टन रासायनिक मल सुनिश्चित भएको जानकारी दिंदै उहाले सतह र भूमिगत सिंचाइ आयोजनाहरूबाट थप २१ हजार १ सय ६९ हेक्टरमा सिँचाइ सुविधा पु¥याइएको र यस अवधिमा २ सय ९६ डिप ट्युबेल र ३ हजार २ सय ४४ स्यालो ट्युबेल सिंचाइ प्रणालीको निर्माण भएको बताउनुभयो ।

खाद्यान्न प्रणाली तथा कृषि क्षेत्रको रूपान्तरणको लागि कृषि क्षेत्रमा सरकारी, निजी, बिकास साझेदार र सहकारी क्षेत्रको लगानी बढाउन कृषि क्षेत्रमा लगानी दशक (वि.सं. २०८१–२०९१) नै घोषणा गरी अगाडि बढ्ने सरकारको तयारी छ । प्रधानमन्त्रीले आप्mनो सम्बोधनमा जे भने पनि समग्रमा एक वर्षे कार्यकालमा आसातित उपलब्धी हासिल भएको देखिदैन । भ्रष्टाचारको फाइल खोल्ने जमर्को गरे तर लहरो तान्दा पहरो खस्ने भए पछि बन्द गरियो । एक वर्षमा अधिकांश मन्त्रीको कार्यप्रगति निराशाजनक छ । अर्थतन्त्रको दुरावस्था, बढ्दो महँगी, मूल्यवृद्धि, बेरोजगारी, दैनिक उपभोग्य वस्तुको अभाव, कृषिजन्य सामग्रीको अभावका नागरिक आक्रान्त छन् । विकास निर्माण र नागरिकले महसुस गर्ने गरी डेलिभरी दिन प्रचण्ड सरकार असफल भएको छ ।

सत्ता टिकाउन राजनीतिक भागबन्डा गरेको सरकारलाई अहिले कांग्रेस, माओवादी, नेकपा एस, जसपा, जनमत, लोसपा, नाउपा, आजपा, नेसपा र जनमोर्चाको समर्थन छ । प्रचण्ड सरकारबाट सत्ताको सैदाबाजीमा दण्डहिनतालाई प्रशय दिने काम भएको छ । टीकापुर हत्या काण्डमा तीनै तहको अदालतबाट दोषी ठहर रेशम चौधरीको आम माफी र रिगल ढकालको कैदमिनाहा जस्ता कार्यले सरकार प्रति जनता आक्रोषित बनेका छन् । रेशम चौधरीको रिहाइमा सरकार मात्र नभएर राष्ट्रपति रामचन्द्र पौडेल पनि आलोचित भएका छन् । सरकारले यस्ता गर्ने नहुने काम गरे पछि सरकारले गरेका राम्रा कामहरु सबै ओझेलमा परेकाले प्रचण्डको एक वर्ष असफल भएको ठहर गर्ने गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...