दोधारा चाँदनीमा एमालेका मेयरले गरे पार्टी प्रशिक्षण बहिस्कार

lotus institute

महेन्द्रनगर । एमालेको दोधारा चाँदनी नगर कमिटीको दुई दिन प्रशिक्षण कार्यक्रमलाई एमाले जिल्ला कमिटी सदस्य एवम् दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बहिस्कार गरेको खुलेको छ । दोधारा चाँदनीमा सोमबार र मंगलबार दुई दिन चलेको प्रशिक्षण कार्यक्रममा मेयर लिम्बु सहभागी नभएको नेताहरुले बताएका हुन् ।

एमालेको आठौं जिल्ला अधिवेशनबाट जिल्ला भएका लिम्बु दोधारा चाँदनी नगर कमिटीका निवर्तमान अध्यक्ष पनि हुन् । एमालेबाट २०७९ को स्थानीय तह निर्वाचनमा मेयर निर्वाचित भएका उनी अहिले दोधारा चाँदनी नगरपालिका ७ नम्बर वडा कमिटीका इन्चार्ज पनि छन् ।

morning glory

नगर प्रशिक्षण कार्यक्रमको तयारीका लागि भएका बैठकमा भने मेयर लिम्बु सहभागी भएका थिए । उनलाई वडा इन्चार्जको हैसियतामा वडाबाट नेता कार्यकर्तालाई प्रशिक्षणमा सहभागी गराउने जिम्मा दिइएको थियो । उनी आफैं सहभागी नभएपछि एमालेको दोधारा चाँँदनीको नेताहरु आश्चर्यमा परेका छन् ।

Mahendranagar

मेयर लिम्बुले यसबारे अहिलेसम्म आफ्नो आधिकारिक धारणा बाहिर ल्याएका छैनन् । एमाले नगर कमिटीले उनलाई बैठकमा अनुपस्थित हुने कारण सहित स्पष्टीकरण सोध्न सक्ने नेताहरु बताउँछन् ।

एमालेको आठौं जिल्ला अधिवेशनपछि लेखराज भट्ट, राजेन्द्र सिह रावल र दामोदर भण्डारी समूहमा भएका उनी पछिल्लो पटक आफ्नै समूहको साथ नपाउने भएपछि पार्टीसित असन्तुष्ट बनेको नेताहरु बताउँछन् । नगर कमिटी बैठकमा आफूले अपेक्षित सम्मान पाउन नसक्ने भएपछि उनी बैठकमा सहभागी नभएको नेताहरुको भनाई छ ।

एमालेको दोधारा चाँदनी नगर कमिटीका सचिव गणेश भाटले मेयर लिम्बुलाई जिल्ला कमिटी सदस्य र वडा इन्चार्जको हैसियतमा बैठकमा सहभागिताका लागि आमन्त्रण गरिएको बताए ।

‘यो वहाँको आफ्नै पालिकाको प्रशिक्षण कार्यक्रम हो, नगर कमिटीले वहाँलाई पार्टी जिल्ला कमिटी सदस्य, आफू इन्चार्ज भएको वडाबाट सहभागी पठाइदिन पनि आग्रह पनि गरेको हो, र नगर प्रमुख पार्टीको कार्यक्रममा उपस्थित हुनु भएन’ उनले भने,खै के कारणले त्यो त थाह भएन ।’

एमाले केन्द्रीय लेखा आयोग सदस्य ईश्वरी प्रसाद खरेलले प्रशिक्षण कार्यक्रम उद्घाटन गरेका थिए । प्रशिक्षणमा एमाले पोलिटब्युरो सदस्य राजेन्द्र सिह रावल, केन्द्रीय सदस्य कृपाराम राना, गोविन्द कलौनी, एमाले सुदूरपश्चिम प्रदेश कमिटीका उप सचिव नर बहादुर बिक, जिल्ला कमिटी अध्यक्ष लक्ष्मी बुढा , कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का पूर्व साँसद डा. दिपकप्रकाश भट्ट , एमाले जिल्ला कमिटी उप सचिव कर्ण बहादुर चन्द लगायतका नेताहरु सहभागी भएका थिए ।

saark school
सम्बन्धित
Loading...