Sarsoti

एमाले कृष्णपुर नगर कमिटीको कार्य वाहक अध्यक्षमा साउँद

lotus institute

महेन्द्रनगर । नेकपा एमाले कृष्णपुर नगर कमिटीक सचिव ललित साउँदले कार्य वाहक अध्यक्षको जिम्मेवारी पाएका छन् । नगर कमिटीको पूर्ण बैठकले बिहीबार साउँदलाई कार्य वाहक अध्यक्षको जिम्मेवारी दिएको हो ।

बैठकले नगर कमिटी सदस्य महेन्द्र रोकायालाई कार्यवाहक सचिवको जिम्मेवारी दिएको छ । बैठकमा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका उप सचिव नर बहादुर विक, प्रदेश कमिटी सदस्य गणेश सिह ऐरी, मोहन सिंह रावललाई बधाई दिइएको छ । कार्यक्रम नगर कमिटीमा मनोनित सदस्यहरुलाई पद तथा गोपनियताको शपथ खुवाइएको छ ।

morning glory
Mahendranagar

नगर कमिटीका अध्यक्ष ऐरी एमालेको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य भएपछि नगर कमिटीमा पदीय जिम्मेवारी हेरफेर गरिएको छ ।

हरियाली सामुदायिक वन, गुलरियाको सभाहमा बिहीवार बसेको वैठकले साउदलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो । बैठकले नगर कमिटीका सदस्य महेन्द्र रोकायालाई कार्यवाहक सचिवको जिम्मेवारी समेत दिएको छ ।

बिहिबार नगर कमिटी सचिव ललित साउदको अध्यक्षतामा बसेको नगर कमिटीको पुर्ण बैठक पार्टी केन्द्रिय सल्लाहकार परिषदका सचिवालय सदस्य गोविन्द प्रसाद कलौनी प्रमुख अतिथि थिए ।

बैठकमा प्रदेश कमिटी उपसचिव नर बहादुर बि.क, प्रदेश कमिटी सदस्य मोहन सिंह रावल र गणेश सिंह ऐरी, कार्यवाहक जिल्ला अध्यक्ष लक्ष्मी बुढा, जिल्ला उपसचिव कर्ण बहादुर चन्द, जिल्ला कमिटी सचिवालय सदस्य एवम् नगर इन्चार्ज लोकेन्द्र प्रसाद पन्त लगायत नेताह सहभागी भएका छन् ।

saark school
सम्बन्धित
Loading...